नेपाली काङ्ग्रेसका नेता कार्कीले दिए नवलपुर २ बाट प्रत्यक्ष निर्वाचन लड्न आवेदन

NAWALPUR TIMES

नेपाली काङ्ग्रेसका नेता कार्कीले दिए नवलपुर २ बाट प्रत्यक्ष निर्वाचन लड्न आवेदन
received 606456911110268 1

नवलपुर – भदौ ,१९
नेपाली काङ्ग्रेस नवलपुरका नेता बिष्णु कुमार कार्कीले नवलपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष तर्फ निर्वाचन लड्न आवेदन दिएका छन ।

नेपाली काङ्ग्रेस नवलपुर क्षेत्र नम्बर २ कार्य समितिको आईतवार बसेको बैठकमा कार्किले आवेदन दिएका हुन ।

कार्की २०७४ सालको निर्वाचनमा नेकपा एमालेका तिलक बहादुर महत संग १३३३ मतले पराजित भएका थिए । कार्की काङ्ग्रेस भित्र बाम गठबन्धन हुँदा पनि कम मतले पराजित हुने उम्मेद्बारहरुमा गनिन्छन । नवलपुर टाईम्स संगको कुराकानीमा कार्कीले २०७४ सालको निर्वाचनमा पराजय भोगेपछी पनि आफू जनताको सुखदुःखमा सङ्गै रहेकाले यसपटक जनताले न्याय दिने सन्दर्भमा ढुक्क रहेको प्रतिक्रिया दिए । “कोभिडको महामारी होस या अन्य समस्या होस म जनताकै बिचमा छु,सकेसम्म दुखी गरिब जनताको पिरमर्का कम गर्न प्रयासरत छु। त्यसैले यसपटक जनताले न्याय दिनुहुनेछ ।”

निर्वाचनमा आफ्नो जित हुने कुरामा बिश्वस्त कार्की पाटीले यसपटक पनि आफुलाई नै उम्मेद्बार बनाउने बताउँछन । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यमा झिनो मतान्तरले पराजित नेता कार्की नवलपुरमा बिकाशप्रेमी नेताको रुपमा चिनिन्छन । उनले ब्यक्तिगत लगानीमा यहाँका बिपन्न जनताको औषधि उपचार देखि बिकाश निर्माणका कामहरु गर्दै आएका छन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology