नागरिकता विधेयक फिर्ता गर्दैमा ठूलो आक्रोश व्यक्त गर्नु पर्दैनः महामन्त्री थापा

NAWALPUR TIMES

नागरिकता विधेयक फिर्ता गर्दैमा ठूलो आक्रोश व्यक्त गर्नु पर्दैनः महामन्त्री थापा
gagan thapa

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता विधेयक फिर्ता गर्दैमा आक्रोश व्यक्त गर्न नपर्ने बताएका छन् ।    थापाले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरुसँग गरेको कुरा अनुसार विधेयक पुनर्विचार गर्न पठाउने व्यवस्था संविधानमै रहेको बताए । त्यस्तै ‘कुनै विधेयकलाई फिर्ता पठाउन चाहनुभयो भने पठाउन पाउने व्यवस्था गरेकै हो,’ उनले भने, ‘संविधानमा गरेको व्यवस्थाका आधारमा फर्काएकै कुरालाई लिएर ठूलो आक्रोश प्रतिक्रिया व्यक्त गर्नुपर्ने, असंवैधानिक भन्नुपर्ने मलाई लाग्दैन ।’राष्ट्रपति भण्डारीले आइतबार मात्र १५ बुँदे सन्देशसहित नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । र भण्डारीले फिर्ता गरेको उक्त विधेयकको बारे भने पार्टी र सत्तारु गठबन्धनका दलहरुसँग छलफल गरेर धारणा बनाउने थापाले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology