नवलपुर क्षेत्र नं एकमा प्रचण्ड देखि विनोद चौधरी सम्मको नाम सिफारिस

NAWALPUR TIMES

नवलपुर क्षेत्र नं एकमा प्रचण्ड देखि विनोद चौधरी सम्मको नाम सिफारिस
20220905 075812 scaled

राजु चापागाईं
कावासोती, २० भदौ(रासस)

मंसिर ४ गतेलाई घोषणा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागी पुर्वी नवलपरासीमा पनि दलहरुले उम्मेदवार सिफारिस गर्न सुरु गरेका छ्न ।

दुईवटा निर्वाचन क्षेत्र भएको जिल्लामा केन्द्रिय नेताहरुलाई दलहरुले उम्मेदवारको रुपमा आफ्ना माथिल्ला कमिटीलाई नाम सिफारिस गर्न सुरु गरेका छ्न ।

जिल्लाको संघीय निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसले २०६४ देखि निरन्तर निर्वाचन जितेका डा शशांक कोइराला र उद्योग पति व्यापारी विनोद चौधरी सहित ६ जनाको नाम प्रत्यक्ष तफ सिफारिस गरेको छ । शनिबार कांग्रेसबाट डा.शशांक कोइराला, विनोद चौधरी हेमराज कोइराला, गणेश सापकोटा, ओमकला गौतम र महेन्द्रभक्त अधिकारीलाई कांग्रेसको क्षेत्रीय समितिले सिफारिस गरेको क्षेत्रीय सभापति अमृत भट्टचनले बताए ।

त्यसै गरि नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल सहित ठाकुर चापागाईं, ईन्द्र भुसाल , षडानन्द सापकाेटा र पार्बति आचार्य काे नाम सिफारीस गरिएकाे माओवादी केन्द्रिय सदस्य एवं जिल्ला संयोजक धनप्रसाद सापकोटाले बताए भने नेकपा एमालेले केन्द्रिय सदस्यद्वय कृष्ण पौडेल र रविन्द्र अधिकारी तथा नारायणप्रसाद तिमिल्सिनाको नाम प्रत्यक्ष तर्फ माथिल्लो कमिटीमा सिफारिस गरेको छ ।

जिल्लाको क्षेत्र नं १ मा २०४८ साल देखि निरन्तर चुनाव जित्दै आएको कांग्रेसले चौथो पटक शशांक कोइरालालाईनै मैदानमा उतारने पक्का पक्की भएको बताइन्छ । कोइराला सँगै अर्का केन्द्रिय सदस्य एवं उद्योग पति व्यापारी विनोद चौधरीले जिल्लाकै अर्को क्षेत्र क्षेत्र नं २ मा आकांक्षा देखाएको र त्यही क्षेत्रको दाबीलाई सहज बनाउन उम्मेदवारी दिएका उनी निकट स्रोतले बतायो ।

माओवादी केन्द्रले केन्द्रिय अध्यक्ष प्रचण्डको नाम सिफारिस गरे पनि उनी चितवन ३ बाटनै चुनाव लडने बताई सकेकाले यो क्षेत्रमा गठबन्धनबाट कोइरालानै उम्मेदवार हुने देखिएको छ ।

२०७४ को प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस नेता डा. कोइरालाले वाम गठबन्धनका उम्मेदवार भविष्वर पराजुलीलाई ४ हजार बढी मतको अन्तरले पराजित गरेका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology