नवलपुर एकमा उम्मेदवार पनि शशांक, जित्ने पनि शशांक : सभापति जिसी

NAWALPUR TIMES

नवलपुर एकमा उम्मेदवार पनि शशांक, जित्ने पनि शशांक : सभापति जिसी
Screenshot 20221002 185623 Video Player

कावासोती । नेपाली कांग्रेस नवलपुरका सभापति महेन्द्रध्वज जिसीले आगामी प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेस बाट नवलपुर क्षेत्र नं १ मा डा. शशांक कोइरालानै उम्मेदवार बन्ने र विजयी हुने बताएका छ्न ।

नेपाली कांग्रेस कावासोती नगरपालिका वडा नं ११, १२ र १३ ले संयुक्त रुपमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति जिसीले यस्तो बताएका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै सभापति जिसीले नवलपुर क्षेत्र नं १ को टिकट डाक्टर शशांकले नै ल्याउने र नवलपुर एक बाट फेरि शशांकनै विजयी हुने दाबी गरे । पछिल्लो १५ वर्ष कोइराला सांसद हुदा भएका कामको प्रचार हुन नसक्दा केही समस्या आएको बताउदै सभापति जिसीले  शशांक सहित जिल्लामा कांग्रेसका सबै उम्मेदवारलाई विजयी गराउन कांग्रेस नवलपुर तयारी अवस्थामा रहेको बताएका छन ।

फरक प्रसंगमा बोल्दै सभापति जिसीले नवलपुरमा गठबन्धन नगर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेको बताए । नवलपुरमा कांग्रेस कांग्रेसै कारणले हार्ने गरेको बताउदै यो चुनावमा कांग्रेस एक भएर जाने र गठबन्धन नहुदा समेत सबै क्षेत्रमा जित हात पार्ने जिसीको दाबी थियो ।

कार्यक्रममा कांग्रेस नेतृ ओमकला गौतम, कांग्रेस जिल्ला सदस्य शारदाप्रसाद अधिकारी लगाएतका नेताहरुले बोलेका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology