नवलपुरमा एक वर्षमा १ सय ६२ जना फरार प्रतिवादी पक्राउ

NAWALPUR TIMES

नवलपुरमा एक वर्षमा १ सय ६२ जना फरार प्रतिवादी पक्राउ
1689591492774

कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपुरले गत आर्थिक वर्षमा एक सय ६२ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

अदालतमा दोषी ठहर भई कैद वा जरिवाना वा दुवै सजाय तोकेर सजाय भुक्तान नगरेका  फरार प्रतिवादी पक्राउ परेका हुन् । फैसला कार्यान्वयनका क्रममा उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत बुझाइएको हो ।

उनीहरुबाट ४४ वर्ष ८ महिना ९ दिन कैद र रू १८ लाख ९८ हजार ८ सय ९२ जरिवाना असुल गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । उनका अनुसार फरार प्रतिवादी खोजीका लागि विशेष टोली परिचालन गरिएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology