कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-७ स्थित नारायणी नदीमा रहेको गण्डक ब्यारेजमा एक बालकको शव फेला परेको छ । अन्दाजी १०/१२ वर्षको देखिने बालकको शव नारायणी नदीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । जिल्लाको नारायणी नदी किनारमा शनिवार, आइतबार र सोमबार गरेर ९ वटा शव फेला परेको छ । फेला परेका शव चितवन सिमलताल दुर्घटनामा बेपत्ता भएका मानिसहरुको रहेको प्रहरीले जनाएको छ ।
आइतबार सुस्तास्थित नारायणी नदीको ठोकर नम्बर १५ मा फेला परेको शव ४३ वर्षीय बारा बिश्रामपुर गाउँपालिका-३ का प्रमानन्द पण्डितको भएको प्रहरीले जनाएको छ ।
बेपत्ता यात्रुहरुको शवलाई पोष्टमार्टमपछि सनाखत भएमा आफन्तको जिम्मा लगाइको प्रहरीले जनाएको छ ।
प्रकाशित : २०८१ असार ३२ गते १६:४३
Facebook Comment