गणतन्त्र दिवसको पूर्वसन्ध्यामा कावासोतीमा वृक्षरोपण

NAWALPUR TIMES

गणतन्त्र दिवसको पूर्वसन्ध्यामा कावासोतीमा वृक्षरोपण
received 185271791146093 scaled

कावासोती । नवलपुरमा गणतन्त्र दिवसको अवसरमा वृक्षरोपण गरिएको छ । जिल्लाको कावासोती नगपालिका २ स्थित शिव सामुदायिक वनको बाल उद्यानमा वृक्षरोपण गरिएको हो ।

गणतन्त्र दिवस आयोजक समिति नवलपुर र डिभिजन वन कार्यालय नवलपुरको संयुक्त आयोजनामा वृक्षरोपण गरिएको वन कार्यालयले जनाएको छ । शिव सामुदायिक वनको बाल उद्यान परिसरमा करिब ५० वटा विभिन्न जातका विरुवा रोपिएको छ ।

राष्ट्र सेवक नेपाल प्रहरी , नेपाली सेना र विभिन्न संघसंस्थामा आबद्ध सामाजिक व्यक्तित्वहरुद्धारा विरुवा रोपिएको थियो । कार्यक्रमको सभाध्यक्ष्ता जिल्ला समन्वय समिति नवलपुरका उप प्रमुख शकुन्तला लम्सालको रहेको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology