किसान साकोसकोे जनमुखी सेवा केन्द्रबाट ६ लाख ३५ हजार चोरी

NAWALPUR TIMES

किसान साकोसकोे जनमुखी सेवा केन्द्रबाट ६ लाख ३५ हजार चोरी
Untitled

कावासोती । नवलपुरको देवचुली नगरपालिका १६ मा रहेको किसान साकोसकोे जनमुखी सेवा केन्द्रमा गए राती चोरी भएको छ । शुक्रबार बिहान कार्यालयको ताला फोडिएको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

बिहिबार कार्यालय बन्द हुनु अगाडी सेवाकेन्द्रको सेफमा राखिएको ६ लाख ३५ हजार ६ सय ५५ रुपैयाँ चोरी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । सेवा केन्द्रको ताला फोडी सेफमा राखिएको ६ लाख ३५ हजार ६ सय ५५ रुपैयाँ रुपिया चोरले लगेका हुन ।

कार्यालयको ताला फोरेर कार्यालय भित्र रहेको सेफ फोरिएको पाईएको नवलपुर प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology