आफ्ना कार्यकर्तालाई ओलीको निर्देशन : गड्यौंला होइन, सर्प बन्नूस्

NAWALPUR TIMES

आफ्ना कार्यकर्तालाई ओलीको निर्देशन : गड्यौंला होइन, सर्प बन्नूस्
oli sunsari 5INsy1hFcK

कावासोती । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कर्याकर्तालाई गड्यौला जस्तो होइन, सर्पजस्तो बन्न निर्देशन दिएका छन्।

शनिबार सुनसरीको दुहबीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेका विरोधीविरुद्ध छुनासाथ लल्याकलुलुक हुने गड्यौंलाजस्तो नभई सर्पजस्तो डस्ने बन्न निर्देशन दिएका हुन्।  ‘सुनसरी क्षेत्र नम्बर ३ मा यसअघि पनि भगवती चौधरीले २ पटक चुनाव जितेकी थिइन्’, उनले भने, ‘प्रहरी प्रशासन लगाएर बाकस कब्जा गरेर विरोधीले चुनाव जिते, भगवतीले हारिन्। यसपटक त्यसो हुन नदिनोस्।’अध्यक्ष ओलीले आगामी निर्वाचनमा त्यसो हुन नदिन एमाले कार्यकर्ताहरू अहिलेदेखि नै सचेत हुनुपर्ने बताए।

उनले प्रहरी र प्रशासनलाई पनि कुनै व्यक्ति र पार्टीका पक्षमा नलाग्न अनुरोध गरे। उनले भने, ‘प्रहरीका अधिकृतहरूको तनखा कुनै पार्टीले खुवाएको छैन राज्यले खुवाएको छ। राज्यको तनखा खाएका हुनले प्रहरी प्रशानस राज्य हितको पक्षमा लाग्छ भन्ने विश्वास छ।’

उनले आगामी मंसिर ४ को निर्वाचनमा बाकस सट्न र बुथ कब्जा गर्ने्तर्फ नलाग्न प्रहरीलाई आग्रह गरे। नेपाल खबरबाट ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology