वि.सं. २०७९ आश्विन २८ गते शुक्रवार तदनुसार ई. सं. २०२२ अक्टोबर १४ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५५ बजे र सूर्यास्त : साँझ ०५:२७ बजे, चन्द्रास्त : बिहान ०९:१३ बजे र चन्द्रोदय : बेलुका ०८:५१ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०३ बजे र सूर्यास्त : साँझ ०५:३४ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०९ बजे र सूर्यास्त : साँझ ०५:४० बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:२५ बजे र सूर्यास्त : साँझ ०५:५४ बजे, कार्तिक कृष्णपक्ष (कौलागा) पञ्चमी तिथि, भोलि बिहान ०४:२२ बजेसम्म, त्यसपछि षष्ठी तिथि, रोहिणी नक्षत्र, बेलुका ०९:३६ बजेसम्म, त्यसपछि मृगशिरा नक्षत्र, चन्द्रमा बृष राशिमा (अहोरात्र व्याप्त), व्यतिपात योग, दिउँसो ०३:५० बजेसम्म, त्यसपछि वरीयान् योग, सुरुमा कौलव करण दिउँसो ०३:३७ बजेसम्म, त्यसपछि तैतिल करण भोलि बिहान ०४:२२ बजेसम्म, अन्तिममा गर करण,आनन्दादि योग : मित्र, चन्द्रवणर् : सेतो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : दक्षिण, वारशूल : पश्चिम, वाणपञ्चकमध्ये रोग वाण : बिहान ०९:०५ बजेसम्म, नक्षत्र शूल : पश्चिम, कालराहु चक्रमा कालको दिशा : आग्नेय र पाशको दिशा : वायव्य,आज : पण्डित सोमनाथ सिग्द्याल जयन्ती, आजको मुहूर्त : अन्नप्राशन (पास्नी), डेरा सर्ने मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) प्रेममा धोका हुने देखिन्छ । धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) दिन राम्रो छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) सम्पत्ति आर्जन हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कुनै कामलाई निरन्तरता दिनु भलो हुनेछ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) पुरानो रोगबाट मुक्त हुनुहुनेछ। मनमा शान्ति बढ्नेछ। प्रेममा सफलता मिल्ने देखिन्छ। शिक्षा क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) योजनामा बाधा अवरोध देखिन्छन्। त्यसलाई प्रतिवाद गरेर अगाडि बढेमा मात्र सफलता मिल्नेछ। दाम्पत्य जीवन संघर्षपूर्ण हुनेछ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) रोगले छोड्नेछ। दाम्पत्य जीवन सुखमय देखिन्छ। साथीबाट सहयोग मिल्नेछ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) सोचेर मात्र बोल्नु राम्रो हुन्छ। पुरानो रोगले छोड्दै जानेछ। शिक्षामा गरेको लगानीबाट उन्नति हुने देखिन्छ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) नयाँ रोगको सिकार बन्नुपर्ने देखिन्छ। रोगलाई प्रतिवाद गर्न खानपानमा विशेष ख्याल गर्नुहोला।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) आफूले गरेको संघर्षबाट आफन्तले लाभ लिनसक्छन्। शिक्षामा गरेको लगानीले फाइदा गर्नेछ। असफल भए पनि प्रयास निरन्तर गर्नुपर्ने देखिन्छ।
मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) झुटा आरोप लाग्न सक्छन्। अनावश्यक खर्च बढ्नसक्छ। राजनीतिक क्षेत्रमा गरेको लगानीबाट श्रम उठ्नेछ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) बौद्धिक क्षेत्रमा तपाईंको स्थान उच्च रहने छ। खुट्टा तान्नेहरु सक्रिय रहेकाले काम गर्दा विवेक प्रयोग गर्नुपर्ने देखिन्छ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) खर्च बढ्ने योग रहेकाले सचेत भएर व्यवहार गर्नुपर्ने हुन्छ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीले राम्रो फाइदा मिल्नेछ। दाम्पत्य जीवनमा सफलता मिल्नेछ।
Facebook Comment