हुप्सेकोटमा अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजित महिला म्याराथुनमा रुपा प्रथम
NAWALPUR TIMES प्रकाशित : २०८१ फागुन २४ गते १३:०८
कावासोती । ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसका अबसरमा हुप्सेकोट गाउँपालिकाले आयोजना गरेको महिला म्याराथुन प्रतियोगितामा हुप्सेकोट ६ कि रुपा हमाल प्रथम भएकी छिन ।
निर्धारित दुरी ६.६ किलोमिटर ३८ मिनेट ४३ सेकेन्डमा पूरा गर्दै हमाल प्रथम बनेकी हुन । निर्धारित दुरी ३९ मिनेट ४ सेकेन्डमा पूरा गर्दै हुप्सेकोट १ कि अस्मिता घर्ती दोस्रो र ४० मिनेट ११ सेकेन्डमा निर्धारित दुरी पूरा गरेकी हुप्सेकोट ४ कि सुचना राई तेस्रो भएकी छिन ।
हुप्सेकोट गाउँपालिका भित्रका १८ बर्ष देखि ३० बर्ष उमेर समुहका २९ जना महिला धावक प्रतियोगितामा सहभागी थिए ।
प्रथम,दोश्रो तथा तेस्रो हुने प्रतियोगीलाई गाउँपालिकाले विशेष कार्यक्रमको आयोजना गरेर क्रमश १५ हजार ,१० हजार र ५ हजार नगद पुरस्कार सहित ट्रफिले सम्मान गरेको थियो ।
बिजेतालाई सम्मान गर्दै गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा पारेर सुरु गरिएको महिला म्याराथुन प्रतियोगिताको अन्य संस्करण प्रत्येक बर्ष आयोजना गर्ने घोषणा गरिन ।
महिलाहरुको उपस्थिति हरेक क्षेत्रमा शसक्त गराउँदै खेल क्षेत्रमा आकर्षित गर्न महिला म्याराथुनको आयोजना गरिएको पाण्डेले जानकारी दिईन ।
Facebook Comment