कावासोती । पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालित ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञमा नेपालका दुई चर्चित कथावाचक तथा वाचिकाको आगमन भएको छ ।
भागवत कथावाचनको क्षेत्रमा निकै लोकप्रिय कथा वाचक आचार्य श्री शितल कृष्ण जी महाराज र लोकप्रिय प्रवचनकर्ता सुप्रिया किशोरीको आगमन भएको छ । आचार्य श्री शितल कृष्ण जी महाराजले बैशाख ४,५ र ६ गते विभिन्न विषयमा प्रवचन राख्ने कार्यक्रम रहेको आयोजक श्री मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ । त्यस्तै सुप्रिया किशोरी जी ले पनि कोटिहोम महायज्ञमा भोलिदेखि नियमित रुपमा विभिन्न बिषयमा प्रवचन गर्ने कार्यक्रम रहेको छ ।
बैशाख १७ गतेदेखी सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा अहिले पोखरा १७ बिरौटा, प्रगतीटोलमा गत चैत्र २९ गतेदेखि वाल बिदुषी अनुराधा पाण्डेय ज्यूले श्रीमद्भागवत कथा प्रवचन गरिरहेकी छन् । उनको भोलि बिदाईको कार्यक्रम पनि रहेको छ । साथमा भोलि नै चर्चित कथा वाचिका देवी प्रतिभाको पनि आगमन रहने कार्यक्रम रहेको छ । अहिले कार्यक्रममा भक्तजनहरुको उपस्थिती बाक्लिदै गएको छ । त्यस्तै कार्यक्रममा देश विदेशका सन्त,महन्त लगायत जनप्रतिनिधी लगायत समाजका लब्धप्रतिष्ठित व्यक्तिहरुको पनि उपस्थित रहेको छ ।
प्रकाशित : २०८२ वैशाख ५ गते १०:२७
Facebook Comment