प्रारम्भिक बालविकास र शिक्षाः शिक्षाको आधार स्तम्भ

NAWALPUR TIMES

प्रारम्भिक बालविकास र शिक्षाः शिक्षाको आधार स्तम्भ

पृष्ठभूमि:

प्रारम्भिक बाल्यावस्था मानव विकासको आधारशिला हुनुका साथै गुणस्तरीय शिक्षाको सोपान पनि हो । यो बालबालिकाको वृद्धि, विकास तथा सिकाइको जग बसाल्ने दृष्टिकोणले महत्वपूर्ण समय हो । प्रारम्भिक बालविकासको दृष्टिकोणले बालबालिकाको उपयुक्त हेरचाह एवम् वृद्धि र विकासका लागि स्वास्थ्य, पोषण, सरसफाइ, सुरक्षा, संरक्षण, उत्प्रेरणा तथा बाल सिकाइलाई छुट्याउन सकिँदैन किनभने विकास तथा सिकाइका प्रक्रियाहरू समन्वयात्मक ढङ्गबाट सँगसँगै अगाडि बढ्ने क्रममा रहेका हुन्छन् ।

विद्यमान कानुनी र नीतिगत दस्तावेजहरूमा प्रारम्भिक बालविकास तथा शिक्षालाई शिक्षाको औपचारिक संरचनामै समावेश गरिएको छ । संस्थागत तथा सामुदायिक विद्यालयहरूमा विभिन्न नामका प्रारम्भिक बालविकास तथा शिक्षाका कक्षाहरू सञ्चालन हुँदै आएका छन् । कक्षा १ मा बालविकास शिक्षाको अनुभवसहित भर्ना हुने बालबालिकाको दर बढ्दै गएको कुराले आम जनमानसमा प्रारम्भिक बालविकास तथा शिक्षाको अनिवार्यताप्रति आकर्षण बढ्दै गएको देखिन्छ । तथापि अझै पनि सिधै अर्थात् बालविकास शिक्षाको अनुभव प्राप्त नगरी बालबालिका कक्षा १ मा भर्ना हुन आउँछन् । कक्षा १ मा शिक्षण गर्ने शिक्षकहरूले पनि बालबालिकाका सिकाइ तथा विकास मापदण्डको बारेमा बुझी बालबालिकाको सिकाइ तथा विकासको मापन गरेर स्तर पहिचान गरी थप सिकाइका लागि निर्माणात्मक सिकाइ रणनीति अपनाउनुपर्ने हुन्छ ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको अध्ययनले पनि कक्षा १ मा भर्ना हुने ५६ प्रतिशत बालबालिकाले मात्र प्रारम्भिक सिकाइ तथा विकास मापदण्डको सूचक हासिल गरेको पाइएकाले पनि कक्षा १ मा शिक्षण गर्ने शिक्षकहरूले पनि बालबालिकाको सिकाइ तथा विकास मापदण्डका बारेमा जानकार हुनु आवश्यक हुन्छ ।

प्रारम्भिक बालविकास शिक्षा: अवधारणा

प्रारम्भिक बालविकास तथा शिक्षा भन्ने बित्तिकै यसलाई हामीले २ भागमा छुट्याएर हेर्नु जरुरी हुन्छ। पहिलो प्रारम्भिक बालविकास र दोस्रो प्रारम्भिक बालशिक्षा ।

प्रारम्भिक बालविकास

प्रारम्भिक बालविकास भन्नाले बालबालिकाको उमेर अनुसार क्रमिक रूपमा शारीरिक, बौद्धिक, संवेगात्मक तथा सामाजिक विकासमा हुने परिवर्तनको एक प्रक्रिया हो । प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास र अधिकारको सुनिश्चितता आमाबाबु, परिवार, स्थानीय सरकार तथा प्रारम्भिक बालविकास कार्यक्रमहरूको माध्यमबाट गर्न सकिन्छ । विकासात्मक मनोविज्ञानको अवधारणा र अन्तर्राष्ट्रिय अभ्यास अनुसार आमाको गर्भदेखि आठ वर्षसम्मलाई प्रारम्भिक बाल्यावस्था मान्ने गरिएको पाइन्छ । नेपालमा हालसम्म गर्भावस्थादेखि पाँच वर्षसम्मको उमेर समूहलाई प्रारम्भिक बालविकाससम्बन्धी नीति, योजना तथा कार्यक्रमहरूमा समेटिएको छ । राष्ट्रिय योजना आयोगबाट तयार गरिएको ‘प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति (२०७७–२०८८)’ मा गर्भावस्थादेखि आठ वर्षसम्मको उमेरलाई प्रारम्भिक बालविकास उमेर मानिएको छ । प्रारम्भिक बालविकास बहुउद्देश्यीय, बहुपक्षीय सेवा र प्रक्रियाको उपज हो । विशेषगरी स्वास्थ्य, स्याहार, पोषण, सुरक्षा, संरक्षण, सिकाइ तथा उत्प्रेरणा आदि बहुपक्षीय सेवाद्वारा मात्र बालबालिकाको सर्वाङ्गीण विकास सम्भव हुन्छ । तसर्थ बालविकास भन्नु नै बालबालिकाको शारीरिक, बौद्धिक, संवेगात्मक, सामाजिक, भाषिक लगायत सबै पक्षको विकास हो ।

मानव विकासका हरेक चरण महत्वपूर्ण हुन्छन् । त्यसमा पनि बालविकासका हरेक चरणहरू ज्यादै महत्वपूर्ण हुन्छन् । प्रत्येक चरणमा बालबालिकाको सर्वाङ्गीण विकासको अधिकारलाई प्रवर्धन गर्न स्थानीय सरकारको अहम् भूमिकाका साथै बाबुआमा/अभिभावक, हेरचाहकर्ता, शिक्षकको सहयोगको परिचालन गर्न नितान्त आवश्यक हुन्छ । बालबालिकाले उचित उत्प्रेरणायुक्त वातावरण पाएनन् भने उनीहरूको विकास अवरूद्ध हुन जान्छ । समुचित विकासका लागि सिकाइको उपयुक्त वातावरण दिन सकिएमा मात्र अधिकतम रूपमा सर्वाङ्गीण विकास हुन सक्दछ भन्ने कुरा विभिन्न अनुसन्धानहरूबाट समेत प्रमाणित भइसकेको छ ।

प्रारम्भिक बाल शिक्षा

चार वर्ष पूरा भएका बालबालिकालाई कक्षा १ मा प्रवेश गर्नुभन्दा पहिला दिइने १ वर्ष अवधिको बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित शिक्षालाई प्रारम्भिक बाल शिक्षा मानिएको छ । प्रारम्भिक बाल शिक्षा कार्यक्रम विभिन्न स्वरूप तथा अवधिमा सञ्चालन गर्ने प्रचलन भए पनि नेपालमा चार वर्षका बालबालिकाका लागि एक वर्ष अवधिको प्रारम्भिक बालविकास तथा शिक्षा कार्यक्रम सञ्चालन गरिने नीतिगत व्यवस्था छ । प्रारम्भिक बाल शिक्षाको मुख्य कार्य विद्यालय जाने उमेर पूर्वका बालबालिकाको सर्वाङ्गीण व्यक्तित्व विकासमा सहयोग गर्नुका साथै विद्यालय शिक्षामा प्रवेशका लागि तयारी गराउनु हो ।

गर्भावस्था र जन्मपश्चातका केही वर्ष बालबालिकाको विकास र सिकाइ घरपरिवारबाट हुने गर्दछ भने तत्पश्चात बालविकास केन्द्रमा भर्ना गरेर सर्वाङ्गीण विकासको अवसर प्रदान गर्ने गरिन्छ । हाम्रो वर्तमान नीतिगत तथा कानुनी व्यवस्था अनुसार चार वर्ष उमेर पूरा गरेका बालबालिकालाई कक्षा एकमा प्रवेश गर्नुभन्दा अगाडि दिइने एकवर्ष अवधिको उनीहरूको सर्वाङ्गीण विकासमा केन्द्रित बालविकास तथा शिक्षालाई प्रारम्भिक बालविकास तथा शिक्षा भनिएको छ ।

प्रारम्भिक बालविकास र शिक्षाले बालबालिकाको शारीरिक, सामाजिक, बौद्धिक, भावनात्मक र भाषिक पक्षहरूको समग्र विकासलाई समेट्‍छ । प्रारम्भिक बालविकास र शिक्षाको मुख्य उद्देश्य बालबालिकाको सर्बाङ्गीण विकास, जस्तै- शारीरिक, बौद्धिक, सामाजिक, संवेगात्मक, भाषिक र सांस्कृतिक विकासलाई अधिकतम बनाउनु हो ।

अब यी दुवै पक्षलाई समग्रमा हेर्दा प्रारम्भिक बाल विकास र शिक्षाको मुख्य लक्ष्य र उद्देश्यनै बालबालिकाको सर्वाङ्गीण विकास गराउँदै सिकाइको लागि आधारशिला निर्माण गर्नु रहेको छ । यसका सक्षमताहरूमा सर्वाङ्गीण विकासका क्रियाकलापमा संलग्नता, पोषणयुक्त खाना र स्वस्थकर बानी विकास, वैयक्तिक सुरक्षाका उपायहरू अवलम्बन, सरसफाइ र सामाजिक बानी व्यवहारको अवलम्बन, सिर्जनात्मक सोचको विकास र भाषिक तथा सञ्चार सिपको विकास रहेका छन् ।

प्रारम्भिक बालविकासका मार्ग दर्शक सिद्धान्तहरुः

  • बालबालिकाका मानसिक, सामाजिक र भावनात्मक पक्षहरू एकैसाथ विकास हुन्छन् ।
  • प्रत्येक बालबालिका अद्वितीय छन् र सबैमा सिक्ने क्षमता हुन्छ ।
  • बालबालिकाको विकास एक क्रमिक र निरन्तर प्रक्रिया हो ।
  • प्रारम्भिक बाल्यकालमा बालबालिकाले तीव्र वृद्धि र विकासको अनुभव गर्छन् ।
  • आनुवंशिक र वातावरण दुवैले बालबालिकाको सिकाइ र विकासलाई असर गर्छ ।
  • बालबालिकाहरूले विभिन्न तरिकाले सिक्छन् र त्यसका लागि उनीहरूलाई सुरक्षित वातावरण उपलब्ध गराउन आवश्यक छ ।
  • प्रारम्भिक बाल्यकालमा सिक्नका लागि खेल एक महत्त्वपूर्ण उपकरण हो ।
  • सुरक्षित र राम्रो पालनपोषण गर्ने वातावरणमा बालबालिकाको राम्रो विकास हुन्छ।
  • प्रेरणा र प्रोत्साहनले बालबालिकाको सिकाइलाई सहज बनाउँछ ।

प्रारम्भिक बालविकासका बालबालिकाले हासिल गर्नुपर्ने विकासात्मक पक्षहरुः

प्रत्येक बालबालिकामा सर्वाङ्गीण विकासका लागि निम्न महत्वपूर्ण पक्षहरूको सन्तुलित विकास भएको हुनुपर्दछः

() शारीरिक विकास

शारीरिक विकासमा हासिल गर्नु पर्ने पक्षहरूः

  • शरीरका स्थूल अंगहरूको तन्दुरूस्ती तथा समन्वयको प्रदर्शन गर्दछन् ।
  • सुक्ष्म मांसपेशीय अंगहरूको समन्वय र संचालन गर्न सक्षम छन् ।
  • आँखा र औंलाको समन्वय गरी देखाउन सक्षम छन ।
  • विविध सामग्री/वस्तुहरूको ठीक नियमित रूपमा प्रयोग गर्न सक्षम छन् ।
  • आफ्नो इन्द्रिय अंगहरूको प्रयोग गरी खेल्न र सिक्न सक्छन् ।
  • स्वस्थ र शारीरिक रूपमा क्रियाशील/तन्दुरूस्त छन् ।
  • व्यक्तिगत सरसफाई गरेर देखाउन सक्छन् ।
  • आफ्नो वरिपरीको वातावरण सफा राख्न मद्दत गर्छन् ।
  • सुरक्षित रहने ज्ञान छ र हानीकारक वस्तुबाट टाढा रहने गरेका छन् ।
  • सन्तुलित भोजन खान्छन् ।

शारीरिक विकासका सूचकहरू प्राप्त गराउनका लागि केही क्रियाकलापहरूः

  • शरीरका स्थूल अङ्गहरू (हात, खुट्टा) तन्काउने तथा सन्तुलन गर्ने अभ्यास गर्न प्रोत्साहित गर्ने ।
  • निर्देशित तथा स्वतन्त्र खेल खेल्न प्रोत्साहित गर्ने ।
  • विभिन्न वस्तुहरू जस्तै रङ्गिन कागज, रङ्गिन क्रेयन, कलम चक, रङ, रङ्गिन पाउडर, माड (गम), कैची, टुक्रा पुरानो कपडा आदिको प्रयोग गरी सूक्ष्म अङ्ग (औंला) तथा मांसपेशीको सञ्चालन र अभ्यास गर्न प्रोत्साहित गर्ने ।
  • आफ्नो वरिपरिको प्राकृतिक वातावरणमा आवाज आउने वस्तुहरू खोजतलास गर्न लगाउने र ती वस्तुहरूबाट आवाज निकाल्न प्रोत्साहित गर्ने ।
  • टाँक लगाउने र तुना लाउने अभ्यास गराउने ।
  • अभिभावक आफैले नमूनाको रूपमा व्यक्तिगत सरसफाई गरी व्यवहारमा देखाउने र सोही अनुसार सरसफाई गर्न प्रोत्साहित गर्ने ।

() सामाजिक तथा सम्वेगात्मक विकास

यस क्षेत्रले बालबालिकाहरूको सौहार्दपूर्ण तथा सकारात्मक सम्बन्ध बनाउने क्षमता जसले गर्दा उनीहरू घरपरिवार, विद्यालय र समुदायमा राम्ररी घुलमिल हुन सक्ने हुन्छन् । साथै यस क्षेत्रले बालबालिकाहरूको सम्वेगात्मक सन्तुलन कायम गरी सिकाई तथा ज्ञान हासिल गर्ने कार्यमा संलग्न हुने क्षमतालाई पनि समेट्दछ ।

सामाजिक तथा सम्वेगात्मक विकासमा हासिल गर्नु पर्ने केही क्रियाकलापहरूः

  • परिचित साथी तथा वयस्कहरूसँग सौहार्दपूर्ण सम्बन्ध देखाउन सक्नेछन् ।
  • अपरिचित वयस्कहरूसँग सौहार्द सम्बन्ध देखाउन सक्नेछन् ।
  • आफ्नो परिचय दिन सक्छन् ।
  • दैनिक क्रियाकलाप सम्बन्धी जिम्मेवारीहरू लिन सक्छन् ।
  • सबै किसिमका सिकाई क्रियाकलापहरूमा भाग लिन्छन् ।
  • व्यक्तिगत तथा सामुहिक कार्य गर्न स्वनिर्भर हुन सक्छन् ।
  • घरका घरधन्दा र बाल विकास केन्द्रको क्रियाकलापमा संलग्न रहन्छन् ।
  • समूहमा सामग्रीहरू लेनदेन गरि प्रयोग गर्ने र आफ्ना बिचार एक आपसमा बाँड्ने गर्छन् ।
  • आफ्ना साथीहरू र वयस्कहरूसँग आवश्यकता अनुसार उचित व्यवहार गर्छन् ।
  • परिचित र अपरिचित वातावरणमा घुलमिल हुन सक्छन् ।
  • स्वयंको बारेमा सचेतना देखाउँछन् ।
  • आफू र आफ्नो क्षमता प्रति गौरव देखाउँछन् ।
  • अवस्था अनुसार विभिन्न संवेगहरू प्रकट गर्छन् ।
  • अरूको भावना बुझेर सोही अनुसार प्रतिक्रिया जनाउने गर्दछन् ।
  • विभिन्न अवस्थामा सुरक्षाको अनुभूति देखाउने गर्छन् ।
  • नयाँ अनुभवहरू तथा नयाँ कुराहरू सिक्न आत्मविश्वास प्रदर्शन गर्ने गर्दछन् ।
  • आफ्ना संवेगहरू सन्तुलित रूपमा प्रयोग गरेर देखाउन सक्दछन् ।

सामाजिक तथा सम्वेगात्मक विकासका सूचकहरू प्राप्त गराउनका लागि केही क्रियाकलापहरूः

  • दैनिक रूपमा आफूभन्दा ठूलालाई अभिवादन गर्न प्रोत्साहित गर्ने र परिवारका अन्य सदस्यले पनि सोही अनुसार गरेर देखाउने ।
  • अन्य बालबालिकासँग अन्तरक्रिया गर्न र खेल्न प्रोत्साहित गर्ने ।
  • रमाइलो वातावरणमा रहेर आफ्नो भावनाहरू निर्धक्क प्रकट गर्न तथा आत्मविश्वासका साथ क्रियाकलापमा भाग लिन अवसर प्रदान गर्ने ।
  • आफ्नो पालो पर्खन लाइनमा बस्ने बानी बसाल्न प्रोत्साहित गर्ने ।
  • एकले अर्कालाई सहयोग गर्न, भेदभाव नगर्न प्रोत्साहित तुल्याउने खालको कथाहरू सुनाउने ।
  • घरायसी काममा उनीहरूको इच्छा र क्षमता अनुसार संलग्न हुन प्रोत्साहित गर्ने ।

() बौद्धिक विकास

यस क्षेत्रले भौतिक तथा सामाजिक परिवेशबारे ज्ञान हासिल गर्ने तथा सो बारे विचार गर्न सक्ने क्षमतालाई समेट्दछ । विशेषतः यस क्षेत्रले बालबालिकाहरूको वरिपरीको वातावरणमा उपलब्ध सामानहरू, संस्था र रङ आदिबारेको ज्ञानलाई समेट्दछ ।

बौद्धिक विकासमा हासिल गर्नु पर्ने केही क्रियाकलापहरूः

  • खोज तथा अन्वेषण गर्न सक्छन् ।
  • समस्याको समाधान गर्न तथा अनुभवबाट आइपर्ने परिणामको अनुमान गर्न सक्छन्।
  • सिकाईको विश्लेषण गर्दै प्राप्त निष्कर्षलाई भविष्यको सिकाईमा प्रयोग गर्छन् ।
  • आकार तथा नापको ज्ञान देखाउन सक्छन् ।
  • विभिन्न ज्यामितीय तथा अन्य आकारहरू चिन्न र तिनका बारेमा भन्न सक्छन् ।
  • विभिन्न वस्तुहरूलाई रङको आधारमा चिन्न र तुलना गर्न सक्छन् ।
  • वस्तुहरूको क्रम मिलाएर राख्न तथा वर्गीकरण गर्न सक्छन् ।
  • मौसमलाई हेरेर त्यसका बारेमा वर्णन गर्न सक्छन् ।
  • सूर्य, चन्द्रमा, तारा र आकाशको वर्णन गर्न सक्छन् ।
  • शरीरका अङ्गहरूको नाम भन्न सक्छन् ।
  • सजीव र निर्जीव वस्तुहरू छुट्याउन सक्छन् ।
  • जीवित वस्तुहरूका विभिन्न वासस्थान हुन्छन् भन्ने जान्न/बुझ्न सक्छन् ।
  • दैनिक प्रयोग हुने वस्तुहरू (धातुका वस्तु र अन्य) चिन्न र तिनलाई वर्णन गर्न सक्छन् ।
  • पानीको गुण बारे बताउन सक्छन् ।
  • आफ्नो वरपर प्रयोग हुने केही औजार\उपकरण तथा वस्तुहरू छुट्याउन सक्छन्।
  • आफ्नो ठाउँमा पाइने विभिन्न प्रकारको यातायातका साधनहरूको वर्णन गर्न सक्छन्।
  • दिशा/निर्देशन बुझ्न र प्रयोग गर्न सक्छन् ।
  • दुरीको ज्ञान देखाउन र प्रयोग बुझ्न सक्छन् ।
  • वस्तुको स्थान र अवस्थितिको बारेमा बुझ्न सक्छन् ।
  • विभिन्न समयमा गरिने विभिन्न कामहरूबारे कुराकानी गर्न सक्छन् ।
  • हरेक दिनको समयलाई विभिन्न समयमा छुट्याउन सक्छन् ।
  • १ देखि १० सम्मको अङ्क र गिन्तीको ज्ञान देखाउन सक्षम छन् ।
  • उचाइ, लम्बाइ, तौल र आयतन (मात्रा) को अवधारणा बुझ्न र प्रदर्शन गर्न सक्छन्।
  • विभिन्न सामग्रीको प्रयोग गरेर विभिन्न वस्तु/आकार बनाउन र चित्र कोर्न सक्छन्।
  • आफ्नो परिकल्पना नाटक तथा अभिनयमा प्रयोग गर्न सक्छन् ।
  • वास्तविकता र परिकल्पनामा हुने भिन्नता छुट्याउन सक्छन् ।
  • सङ्गीतका विभिन्न सामग्री तथा आवाज प्रयोग गरेर सङ्गीत बनाउन सक्छन् ।

बौद्धिक विकासका सूचकहरू प्राप्त गराउनका लागि केही क्रियाकलापहरूः

  • डोमिनो, पजल जस्ता वस्तु दिएर खोज तथा अन्वेषण गर्न लगाउने ।
  • कथा सुनाउँदा अन्तमा अब के हुन्छ होला भनी सोधेर उसलाई कथा पूरा गर्न लगाउने ।
  • विभिन्न आकार नाप, रङ र बुट्टाका वस्तुहरू दिएर ती वस्तुहरू चिन्न, वर्गीकरण गर्न तथा क्रममा मिलाउन लगाउने ।
  • विभिन्न विषयका बारेमा जिज्ञासु हुने तथा छलफल गर्ने वातावरण बनाउने ।
  • आफ्नो वरिपरि पाइने उपकरण तथा साधनहरू अवलोकन गर्ने अवसर प्रदान गर्ने।
  • वस्तुलाई एकएक गर्दै १-१० सम्म गन्न प्रोत्साहन गर्ने । हात, हावा, बालुवा आदिमा अङ्क लेख्न लगाउने।

() भाषिक विकास

यस क्षेत्रले बालबालिकाहरूको भाषिक ज्ञान, भाषाको बुझाई तथा प्रयोग गर्ने क्षमता जस्तो कि पढाइ र लेखाइ सीपका साथै प्रभावकारी रूपमा आफ्नो भनाइ ब्यक्त गर्ने क्षमतालाई समेट्दछ ।

भाषिक विकासमा हासिल गर्नु पर्ने पक्षहरूः

  • अरूले बोलेको कुरा सुन्न र ठीकसँग जवाफ दिन सक्छन् ।
  • सजिला वाक्यहरूको प्रयोग गर्दै बोल्न सक्छन् ।
  • बालबालिकाहरूले एक अर्का तथा चिनजानका ठूलो मान्छेसँग कुरा गर्न सक्छन् ।
  • पूर्व पढाइका सीपहरू देखाउन सक्षम हुनेछन् ।
  • पूर्व लेखन सीपहरू(विभिन्न धर्सा एवं बुट्टाहरू) देखाउन सक्छन् ।

भाषिक विकासका सूचकहरू प्राप्त गराउनका लागि केही क्रियाकलापहरूः

  • बालबालिकालाई चाख लाग्दा कथा सुनाउने र बालबालिकालाई पनि उक्त कथा दोहोर्याएर भन्न प्रोत्साहित गर्ने । कथासँग सम्बन्धित खुला प्रश्नहरू सोध्ने।
  • चित्र कथा पढ्दा औंला सारेर पढ्न प्रोत्साहन गर्ने ।
  • चित्रहरूको व्याख्या गर्न, डोमिनो खेल्न, तथा चित्र/शब्द जोडा मिलाउन प्रोत्साहित गर्ने ।
  • बालबालिकालाई कुरा गर्न र आफ्ना विचारहरू व्यक्त गर्न प्रोत्साहित गर्ने ।
  • बालबालिकालाई चिनो लगाउने, ढाँचा सार्ने जस्ता क्रियाकलापहरू गर्न तथा माटो, बालुवा, कालोपाटी आदिमा कोर्न प्रोत्साहन गर्ने ।
  • सूचना र निर्देशन सुन्न र सोही अनुसार कार्य गर्न प्रोत्साहित गर्ने ।

() साँस्कृतिक विकास

माथि उल्लेखित विविध साँस्कृतिक राष्ट्रिय मूल्य मान्यतालाई सम्बोधन गर्न तथा राष्ट्रको साँस्कृतिक सम्पदाको जगेर्नाका लागि यो क्षेत्र समावेश गरिएको छ ।

साँस्कृतिक विकासमा हासिल गर्नु पर्ने पक्षहरूः

  • विभिन्न व्यक्तिहरूको आ–आफ्नै आवश्यकता तथा फरक–फरक संस्कृति हुन्छन् भन्ने बुझ्ने छन् र तिनीहरूको आदर गर्ने छन् ।
  • बालबालिकाहरूले हामी नेपाली हौं भन्ने बुझ्छन् ।
  • आफ्नो परिवारको साधारण मूल्य मान्यता बुझेर अनुशरण गर्न सक्छन् ।
  • आफ्नो समुदायको मूल्य मान्यता बुझेर अनुशरण गर्ने तथा बाल विकास केन्द्रको दैनिक कार्यतालिकाको महत्व दिएर अनुसरण गर्छन् ।

साँस्कृतिक विकासका सूचकहरू प्राप्त गराउनका लागि केही क्रियाकलापहरूः

  • अन्य साथीहरू तथा वयस्कहरूको चालचलन, लवाइ–खवाइबारे उनीहरूको भनाइ आदर साथ सुन्न प्रोत्साहित गर्ने ।
  • विभिन्न राष्ट्रिय चिन्हहरूसँग परिचित हुने अवसर प्रदान गर्ने ।
  • आदरपूर्वक राष्ट्रिय गान सुन्न र गाउन अवसर प्रदान गर्ने ।
  • आफ्नो परिचय दिन तथा अरूको परिचय लिन अवसर प्रदान गर्ने ।
  • स्थानीय तहमा हुने साँस्कृतिक क्रियाकलाप बारे अभिनय गर्ने अवसर प्रदान गर्ने ।
  • स्थानीय तहमा उपलब्ध साँस्कृतिक सम्पदा (जस्तै मन्दिर, गुम्बा आदि)को अवलोकन गर्न लैजाने तथा सो सम्बन्धित चित्र तथा अन्य सामग्री सङ्कलन गर्ने अवसर प्रदान गर्ने ।

माथि उल्लेखित हासिल गर्नुपर्ने महत्वपूर्ण पक्षहरुबाट के बुझिन्छ भने पूर्व प्राथमिक कक्षाका बालबालिकाले साधारणतः अभिभावकले सोच्ने क-ख-ग, A-B-C-D, वा संख्या भन्दा अरु धेरै कुराहरू सिक्नु पर्ने रहेछ । तथापि विभिन्न अध्ययन अनुसन्धान अनुसार, बालबालिकाले सिक्ने अन्य धेरै विकासात्मक पक्षहरु बालबालिकाको  जीवनभरि काम लाग्ने गरेको पाईन्छ । त्यसैले बालबालिकाहरुलाई उनिहरुको सर्वाङ्गीण अर्थात् शारीरिक, सामाजिक तथा सम्वेगात्मक, बौद्धिक, भाषिक र साँस्कृतिक विकासको अवसर प्रदान गरौं ।

अन्त्यमा, प्रारम्भिक बाल शिक्षा बालबालिकाको भविष्यको आधार हो। यसले शैक्षिक सफलता, सामाजिक समावेशिता, र आर्थिक समृद्धिमा योगदान पुर्‍याउँछ। अतः, गुणस्तरीय प्रारम्भिक शिक्षामा लगानी गर्नु समाजको दीर्घकालीन समृद्धिका लागि पनि अति आवश्यक हुन्छ।

सन्दर्भ सामग्रीहरुः

कक्षा १ मा शिक्षण गर्ने शिक्षकहरूका लागि प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड (ELDS) मा आधारित सिकाइ तथा विकास स्तर मापन र सुधारात्मक सिकाइ सहयोग सम्बन्धी प्रशिक्षक निर्देशिका र स्रोत सामग्रीबालविकास शिक्षक पेसागत विकास तालिम, तालिम सहजीकरण सामग्री (दोस्रो संस्करण, २०८०)

https://www.unicef.org/nepal/ne/पूर्व-प्राथमिक-कक्षाका-बालबालिकालाई-के-सिकाउने?

वैयक्तिक प्रारम्भिक सिकाइ योजना मार्गदर्शन, २०७९

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ र नियमावली, २०७६

लेखक हुप्सेकोट गाउँपालिकाको शिक्षा अधिकृत हुन ।

Cases are represented in columns parameters are depicted in rows and color-coded according to the key. Instead, a traveler is sending their credit card information and pre-paying for a hotel up front for no reservation, and nobody to go back to when their hotel reservations are not valid. Treco o narrador do mundo cannibal download 3gp video, Narcissus and echo myth video game, Guarana noche en vela youtube video? Although they are small and on the verge of extinction, these animals play a large role in maintaining plant diversity, which helps the various herbivores with food supply, and also protection for other small animals seeking shelter. Do not continue to drive like this, as your brake fluid may boil, causing you to lose the brakes. Enjoy the ride Walk out I am feeling pretty Have fun Summer in the city For once just enjoy the ride Walk out I am feeling pretty Have fun Summer in the city Any rime I can find a riddle Any season I can find a reason For once just enjoy the ride All the eyes I can find inviting All the boys I can find attractive You look fine There's nothing to worry Take your time 'Cause baby there's no hurry For once just enjoy the ride For once just enjoy the ride I'll pretend I don't know you're looking, I'll invent Everything we shouldn't say. You can opt out of receiving communications at any time by contacting optout seetec. Modern magicians, including female performers, have responded by placing a male performer in the role originally filled by a woman. A rough guideline is as follows: the default value of MB for the limit-memory option allows mysqlbackup to handle about GB of changed data. In the continuation of Akiha's True Ending in Kagetsu Tohya, Ciel sends a letter to Akiha, saying that after Shiki stabbed himself to save her, Ciel was able to take him with her and save his life, so he might return to the Tohno mansion in some months. Video of last episode of saraswati chandra Saraswatichandra requests Guniyal to pack pickle and papads for him. Upon entering the game It is very important to be able to identify the Google account registered in the device to log in to Google. Today, the majority of the food energy required by the ever increasing population of the world is supplied by the food industry. Every time we want to update our JSC library, we have to set up this build process anew. The data analysis identified due diligence as a new category, meaning the inspection or auditing of the information provided by the supplier Click and Duening, p. We were planning on looking into different tours that are available. For example, ore deposits run out and oilfields run dry when all the raw materials at these sites have been extracted.

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology