नवलपुर । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२६ का अवसरमा नवलपुरकाे कावासाेतीमा आज प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।
‘लागुऔषधको चुनौती होइन, सामाजिक सहभागिताको बाटो खोजौँ’ भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रममा निजामती कर्मचारी , नेपाली सेना नेपाल प्रहरी, सशस्त्र प्रहरी, विद्यालयका विद्यार्थी, स्थानीय प्रतिनिधि तथा सरोकारवाला निकायको सहभागिता रहेको थियो। सहभागीहरूले ‘Say No to Drugs’ लगायतका सचेतनामूलक प्लेकार्ड बोकेर नगर परिक्रमा गरेका थिए
कार्यक्रमले लागुऔषध दुव्र्यसनले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक असरबारे जनचेतना फैलाउने लक्ष्य राखेको आयोजकले जनाएको छ। सहभागीहरूले विशेषगरी युवापुस्तालाई कुलतबाट जोगाउन परिवार, विद्यालय, समुदाय र राज्यका सबै निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए। साथै, लागुऔषध नियन्त्रणका लागि कानुनी कारबाहीसँगै जनचेतना अभिवृद्धि र पुनर्स्थापना कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गरिएको थियो।
हरेक वर्ष जुन २६ मा विश्वभर मनाइने यस दिवसको अवसरमा नवलपुरमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
Facebook Comment