नेकपा नवलपुरको नेतृत्व हेरफेर, मित्रशरण शर्मा जिल्ला इन्चार्ज नियुक्त गणेशमान महतो जिल्ला संयोजक, डासिराम बस्याल सहसंयोजक चयन

नेकपा नवलपुरको नेतृत्व हेरफेर, मित्रशरण शर्मा जिल्ला इन्चार्ज नियुक्त गणेशमान महतो जिल्ला संयोजक, डासिराम बस्याल सहसंयोजक चयन

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपुरको नेतृत्वमा व्यापक हेरफेर गरिएको छ। पार्टीको केही दिनअघि सम्पन्न केन्द्रीय सचिवालय बैठकले नवलपुर जिल्लाको संगठनात्मक संरचनामा परिवर्तन गर्दै नयाँ जिम्मेवारी र कार्यविभाजन गरेको हो।

बैठकको निर्णयअनुसार नवलपुर जिल्ला इन्चार्जको जिम्मेवारी मित्रशरण शर्मालाई प्रदान गरिएको छ। त्यसैगरी बालकृष्ण राना भाट, दुर्गा भण्डारी र तारा विकलाई सह–इन्चार्जको जिम्मेवारी दिइएको छ। पार्टीले जिल्ला नेतृत्वलाई थप सुदृढ र प्रभावकारी बनाउन गणेशमान महतोलाई जिल्ला संयोजक चयन गरेको छ भने डासिराम बस्याललाई सहसंयोजकको जिम्मेवारी सुम्पिएको छ।

संगठनलाई जनस्तरसम्म थप सक्रिय बनाउने, राजनीतिक गतिविधिलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने तथा आगामी कार्यक्रमहरूलाई व्यवस्थित रूपमा अघि बढाउने उद्देश्यले नेतृत्व तथा कार्यविभाजनमा परिवर्तन गरिएको हो।

नयाँ नेतृत्व चयनसँगै जिल्लामा पार्टीका संगठनात्मक गतिविधिलाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ। केन्द्रीय सचिवालय बैठकले जिल्लाका विभिन्न तहका  कमिटीहरूलाई  अन्तर पाटी निर्दैशन समेत समेत जारी गर्दै  संगठन विस्तार, सदस्यता अभियान, जनपरिचालन तथा राजनीतिक प्रशिक्षणलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन समेत दिएको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology