आत्मरक्षाका लागि सेनाले चलाएको गोली लागेर गैडाको मृत्यु, सेनाका जवान गम्भीर घाईते

आत्मरक्षाका लागि सेनाले चलाएको गोली लागेर गैडाको मृत्यु, सेनाका जवान गम्भीर घाईते

कावासोती । चितवन राष्ट्रिय निकुञ्जमा नेपाली सेनाको गोली लागेर गैंडाको मृत्यु भएको छ ।

नेपाली सेना नयाँ गोरख गण सेहरी पोस्टबाट खटिएका नेपाली सेनाका जवानले आत्मरक्षाका लागि चलाएको गोलिले २४ वर्षको पोथी गैंडाको घटनास्थलमै मृत्यु भएको निकुन्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।

थापाका अनुसार निकुञ्जको कोर एरियामा गस्तीमा गएको सेनाका जवान विशाल घर्ति क्षेत्रीलाई बच्चा सहितको गैंडाले आक्रमण गरेको थियो । गैंडाले आक्रमण गरेपछी आत्मरक्षाका लागि १४ राउन्ड हवाई फायर गर्दा समेत आक्रमण गर्न नछोडे पछि थप २ राउन्ड गोलि चलाउने क्रममा गोलि लागेर गैंडाको मृत्यु भएको सूचना अधिकारी थापाले बताए ।

गैंडाको आक्रमणबाट गम्भीर घाईते सिपाही क्षेत्रीलाई हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि छाउनीस्थित सेनाको अस्पताल लगिएको छ ।उनको सघन उपचार कक्षामा राखेर उपचार गरिएको छ ।

मृत्यु भएको गैंडाको खाग खुर सुरक्षित रहेको छ । मृत गैंडाको निकुञ्जका पशुचिकित्सक टोलिले पोस्टमार्टम गरेका थियो । पोस्टमार्टमको क्रममा गोलीले फोक्सोमा प्वाल परेको फेला परेको सूचना अधिकारी थापाले बताए । घटना चैत २६ गते दिउसो घटेको भए पनि निकुञ्जले ढिलो गरेर ३३ घण्टा पछि जानकारी दिएको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology