कावासोती । नवलपुरका सक्रिय पत्रकार अमितकुमार विश्वकरमाको निधन भएको छ । उनको ४० वर्षको उमेरमा हिजो दिउँसो भरतपुर अस्पतल चितवनमा निधन भएको परिवारले जनाएको छ ।
उनी लामो समयदेखि मृगौला सम्बन्धि रोगबाट पिडीत थिए । विश्वकर्माले मध्यविन्दु प्रादेशिक अस्पतालमा नियमित डायलासिस गराईरहेका थिए ।
नेपाल पत्रकार महासंघ, नवलपुरका सदस्य विश्वकर्मा रेडियो सहिदनगर डण्डामा कार्यरत थिए। उनले केही दिनअघि मात्र आफुले मृगौला प्रत्यारोपणको तयारी गरिहेको बताएका थिए ।
उनका एक छोरा र श्रीमती छन् । उनको आज बिहीबार पिठौली घाटमा अन्त्यष्टी गर्ने परिवारले जनाएको छ ।
Facebook Comment