विश्व मृगौला दिवसको अवसरमा मौलाकालिका अस्पतालमा विशेष छुट

विश्व मृगौला दिवसको अवसरमा मौलाकालिका अस्पतालमा विशेष छुट

कावासोती  । विश्व मृगौला दिवसको अवसरमा भरतपुर–११ बाइपास रोडस्थित मौलाकालिका अस्पताल प्रा. लि.ले मृगौला सम्बन्धी स्वास्थ्य परीक्षणमा विशेष छुटको घोषणा गरेको छ। अस्पतालले  फागुन २८ गतेका दिन मृगौला जाँच सेवामा ५० प्रतिशत छुट प्रदान गर्ने जनाएको छ।

अस्पतालका अनुसार सो दिन मृगौला सम्बन्धी विभिन्न परीक्षणहरू विशेष प्याकेजमा उपलब्ध गराइनेछ। उक्त प्याकेज अन्तर्गत मृगौला सम्बन्धी ओपीडी सेवा, भिडियो एक्स–रे (यूएसजी), सिबिसी, आरएफटी परीक्षण (युरिया, क्रियाटिनिन, युरिक एसिड, सोडियम/पोटासियम) तथा युरिन आर/ई जाँच समावेश गरिएको छ।

यी सबै परीक्षणहरू रु २३०० मात्रमा गरिने अस्पतालले जनाएको छ। सामान्य अवस्थामा यस प्रकारका परीक्षणहरू महँगो हुने भएकाले विश्व मृगौला दिवसको अवसरमा जनतालाई सहज रूपमा स्वास्थ्य जाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यले छुट व्यवस्था गरिएको अस्पतालको भनाइ छ।

मृगौला रोग समयमै पहिचान गर्न सकेमा उपचार प्रभावकारी हुने चिकित्सकहरूले बताउँदै आएका छन्। त्यसैले मृगौला सम्बन्धी समस्या भएका वा नियमित स्वास्थ्य परीक्षण गर्न चाहने व्यक्तिहरूलाई यस अवसरको लाभ लिन अस्पतालले आग्रह गरेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology