कांग्रेसमै फर्किए सुवेदी र श्रेष्ठ सहितका नेताहरु

NAWALPUR TIMES

कांग्रेसमै फर्किए सुवेदी र श्रेष्ठ सहितका नेताहरु

कावासोती । नेपाली कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका कांग्रेस नवलपुरका प्रभावसाली नेताहरु पुन: कांग्रेसमा नै फर्किएका छ्न।

लामो समय नेपाली काँग्रेसको राजनीतिमा सक्रिय करुणासागर सुवेदी र ललित श्रेष्ठ केही समयअघि रास्वपामा आबद्ध भएका थिए । सुवेदी र श्रेष्ठ सहित कलाधर पौडेल र डेमप्रसाद पौडेल सोमबार पुन: कांग्रेसमा नै फर्किएका हुन । सुवेदी रास्वपाको केन्द्रिय सहकारी सहकारी विभाग सदस्य, श्रेष्ठ केन्द्रिय श्रम विभागको उप प्रमुखको जिम्मेवारीमा थिए ।

कांग्रेस छोडेर रास्वपामा गएका नेताहरु पुन: कांग्रेस फर्किएसँगै नवलपुर-१ को राजनीतिमा तरंग पैदा भएको छ । नवलपुर-१ को राजनीतिमा प्रभावपार्ने नेताहरु पुनः कांग्रेसमै फर्किए पछि यहाँको राजनीतिक वातावरण तातेको हो । निर्वाचनको मुखमै काँग्रेसमा फर्किनुलाई गैँडाकोटको राजनीतिमा निर्णायक मोडका रूपमा हेरिएको छ ।

कांग्रेस फर्किएका नेताहरुलाई गैँडाकोटस्थित वीपी स्मृति भवनमा आयोजित कार्यक्रममा काँग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुवेदी र श्रेष्ठलाई पार्टीमा स्वागत गरेका छ्न । कार्यक्रममा स्थानीय तहका काँग्रेस नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । अनुभवी नेताहरू पुनः पार्टीको मूल धारमा फर्किएकोमा काँग्रेसजनमा उत्साह देखिएको छ ।

यस घटनाले गैँडाकोटमा पछिल्लो समय रास्वपाले बनाउँदै आएको संगठन र मताधारमा गम्भीर धक्का पुग्ने आँकलन गरिएको छ । विशेषगरी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै भएको यो राजनीतिक परिवर्तनले काँग्रेसलाई स्थानीय रूपमा थप मजबुत बनाउने र रास्वपाको प्रभाव कमजोर पार्ने विश्लेषकहरूको भनाइ छ । सुवेदी र श्रेष्ठको राजनीतिक पकड, संगठनात्मक अनुभव तथा व्यक्तिगत सम्बन्धले गैँडाकोटका टोल-टोलसम्म प्रभाव पार्ने सम्भावना रहेको बताइन्छ । गैँडाकोटबाट सुरु भएको यो राजनीतिक हलचलले नवलपुर जिल्लाभरि नै असर पार्ने देखिएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology