स्कुलबसको ठक्कर बाट देवचुलीमा विद्यार्थीको मृत्यु

स्कुलबसको ठक्कर बाट देवचुलीमा विद्यार्थीको मृत्यु

कावासोती । नवलपुरको देवचुली नगरपालिकामा स्कुल बसको ठक्करबाट नर्सरी कक्षामा अध्ययनरत विद्यार्थीको मृत्यु भएको छ

देवचुली नगरपालिका–१ केउरेनीस्थित नेपाल नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा सोमबार बिहान  लु १ क ३८१४ नम्बरको  विद्यालयको बसले ब्याक गर्ने क्रममा नर्सरी कक्षामा अध्ययनरत ४ वर्षीया सुस्मा कुमारी पासवानलाई ठक्कर दिएको थियो ।

बाराको कलैया नगरपालिका–६ स्थायी घर भई हाल देवचुली नगरपालिका–१४ सातघरेमा बसोबास गर्दै आएकी बालिका पासवान बसको ठक्करबाट गम्भीर घाइते भएकी थिईन । घाइते बालिकालाई तत्काल उपचारका लागि देवचुली नगर अस्पताल, दुम्कौली पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बस चालक देवचुली नगरपालिका–१ राममन्दिर बस्ने ५१ वर्षीय जगनाथ लम्साललाई प्रहरीले नियन्त्रणमा लिएको छ। साथै दुर्घटनामा संलग्न बस पनि प्रहरी नियन्त्रणमा रहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology