बालेन निकट मनिष खनाल रास्वपाबाट नवलपुर २ मा उम्मेदवार

बालेन निकट मनिष खनाल रास्वपाबाट नवलपुर २ मा उम्मेदवार

कावासोती । नवलपुर क्षेत्र नम्बर २ मा २६ वर्षका एक युवकलाई उम्मेदवार बनाउन रास्वपाले टिकट दिएको छ ।

मध्यबिन्दु नगरपालिका निवासी २६ वर्षिय मनिष खनाललाई बालेन टिमको सिफारिसमा उम्मेदवार बनाइएको हो । कानूनमा स्नातक गरेका खनाल जेन्जी आन्दोलनका अगुवा मध्येका हुन ।

यहाँवाट उम्मेदवारको दावी गरेका दोमन भण्डारी र डा पुष्पमणि खराललाई पन्छाउदै रास्वपाले खनाललाई प्रतिनिधि सभामा उम्मेदवार बनाउन टिकट दिएको हो ।

“जेनजी मुभमेन्टको स्प्रिट बालेन जिसंग मिल्यो । उहाको तौरतरीका मन परयो । बालेनसंग सामान्य भेटे भएको हो । मेरो कामको मुल्यांकन भयो होला टिकट पनि मिल्यो, अब संसदमा जेनजी र राष्ट्रका मुद्धा सशक्त बनाएर उठाउने प्रण गर्दछु”, उनले भने ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology