नवलपुरमा २ लाख ६८ हजार मतदाता कायम

नवलपुरमा २ लाख ६८ हजार मतदाता कायम

कावासोती । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपुरमा २ लाख ६८ हजार ५२६ मतदाता कायम भएका छन्।

जिल्ला निर्वाचन कार्यालय नवलपुरका अनुसार तीमध्ये महिला मतदाता पुरुषभन्दा बढी रहेका छन्। कुल मतदातामध्ये पुरुष एक लाख २९ हजार ५४ र महिला एक लाख ३९ हजार ४६८ जना मतदाता कायम भएका जानकारी कार्यालयले दिएको छ। त्यसै गरि जिल्लामा ४ जना यौनिक अल्पसंख्यक मतदाता समेत रहेका कार्यालयले जनाएको छ ।

८ वटा स्थानीय तह रहेको नवलपुरमा दुई निर्वाचन क्षेत्र रहेका छ्न । क्षेत्र नं १ मा कावासोती, गैंडाकोट, देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिका पर्दछ्न भने क्षेत्र नं २ मा कावासोती नगरपालिकाका वडा नं ३, ४,१५,१५,१६ र १७ हरु, मध्यविन्दु नगरपालिका,विनयी त्रिवेणी, बौदिकाली र हुप्सेकोट गाउँ पालिकापर्दछ्न ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं १ को कावासोतीमा ३३ हजार ७ सय १०, गैडाकोटमा ५० हजार ९ सय ५०, देवचुलीमा ३९ हजार ६ सय ७७ र बुलिङ्गटारमा १२ हजार ७ सय ४४ जना गरि १ लाख ३७ हजार ८१ जना मतदाता रहेका छ्न ।

त्यसै गरि क्षेत्र नं २ को कावासोतीमा २६ हजार ८ सय ६५, मध्यविन्दुमा ४७ हजार १ सय ६४, बौदिकालीमा १० हजार ९ सय ७५, विनयी त्रिवेणीमा २७ हजार १ सय ४७ र हुप्सेकोटमा १९ हजार २ सय ९४ जना गरि १ लाख ३१ हजार ४ सय ४५ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा २०७९ को मंसिर ४ मा भएको निर्वाचनमा २ लाख ६० हजार ४ सय ६१मतदाता थिए । उक्त निर्वाचनमा प्रतिनिधि सभा क्षेत्र नं १ मा ६२ हजार ५ सय ९६ पुरुष , ६८ हजार ५ सय ८४ महिला र अन्य १ जना गरि जम्मा १ लाख ३१ हजार १ सय ८१ र प्रतिनिधि सभा क्षेत्र नं २ मा ६१ हजार ७ सय ४० पुरुष र ६७ हजार ५ सय ३७ महिला र अन्य ३ जना गरि १ लाख २९ हजार २ सय ८० मतदाता रहेका थिए ।

यसै बिच जिल्लाभर ३ सय ११ मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालयले जनाएको छ। अघिल्लो निर्वाचनमा जिल्लामा ३ सय २ वटा मतदान केन्द्र रहेका थिए ।

निर्वाचन तयारी तीव्र गतिमा अघि बढेको बताउँदै जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लाल प्रसाद शर्मा भुसालले शान्त, निष्पक्ष र सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न गर्न आवश्यक पूर्वाधार तथा व्यवस्थापन मिलाइँदै गएको जानकारी दिए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology