नवलपुरबाट रामपुर जाँदै गरेको जिप दुर्घटना : ३ जनाको ज्यान गयो, ८ जना घाईते

नवलपुरबाट रामपुर जाँदै गरेको जिप दुर्घटना : ३ जनाको ज्यान गयो, ८ जना घाईते

कावासोती । नवलपुरको अरुङणखोला बजारबाट पाल्पाको रामपुर जाँदै गरेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन ।

आज विहान मित्याल अरुणखोला सडक अन्तर्गत निस्दी ४ मित्याल चिउरेबास पहिलो घुम्ती नजिक रोकेर मान्छे झार्ने क्रममा अनियन्त्रित भई झन्डै १ किलोमिटर तल खोल्सोमा खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी होम प्रकाश चौधरीले जानकारी दिए ।

प्रहरीका अनुसार लु १ ज ३९०८ नम्बर को फोर्स जिप अनियन्त्रित भई खसेको हो । प्रहरीका अनुसार ३ जनाको शव फेला परेको छ । मृतक ३ जनानै महिला रहेका छन । घाईतेहरुलाई उपचारका लागी मध्यविन्दु प्रादेशिक अस्पताल नवलपुर पठाईएको पाल्पा प्रहरीले जनाएको छ । मृतक र घाईतेको पहिचान खुल्न बाकी रहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology