कावासोती । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा आज एकमात्र खेल हुँदैछ । आज विराटनगर किङ्सले चितवन राइनोजसँग खेल्दै छ । खेल अपरान्ह ४ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा सुरु हुनेछ ।
विराटनगरले हालसम्म ३ खेल खेल्दा अपराजित छ । पहिलो खेलमा पोखरा एभेन्जर्सलाई हराएको विराटनगरले त्यसपछि काठमान्डु गोर्खाज र जनकपुर बोल्ट्सलाई हराएको हो ।
यस्तै चितवन राइनोजले भने हालसम्म २ खेल मात्र खेलेको छ । पहिलो खेलमा कर्णाली याक्सलाई हराएको चितवन दोस्रो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो ।
विराटनगर अपराजित यात्रा कायमै राख्ने लक्ष्यमा हुनेछ भने चितवनले दोस्रो खेलमा बेहोरेको हारपछि बाउन्स ब्याक गर्ने सोचका साथ मैदानमा उत्रिने छ ।
यी दुई टोलीबीच गत संस्करण भएको एक खेलमा विराटनगरले ५१ रनको फराकिलो जित निकालेको थियो ।
अंकतालिकामा हाल ३ खेलमा ३ जितसहित ६ अंक भएको विराटनगर दोस्रो स्थानमा छ । २ खेलमा २ अंक भएको चितवन पाँचौं स्थानमा छ ।
प्रकाशित : २०८२ मंसिर १० गते १०:४३
Facebook Comment