एनपीएल : आज काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने

NAWALPUR TIMES
प्रकाशित : २०८२ मंसिर ९ गते ११:४२
एनपीएल :  आज काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने

कावासोती । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपील) अन्तर्गत आज काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ । उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४:०० बजे सुरु हुनेछ ।

करण केसीको कप्तानीमा रहेको काठमाण्डुले तीन खेल खेलेको छ । यसका दुई हार र एक खेलमा जित निकालेको थियो । काठमाण्डु दुई अङ्कसहित तेस्रो स्थानमा छ ।

रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले पनि तीन खेलमध्ये एक जित निकाल्दै दुई अङ्कसहित चौथो स्थानमा छ । दुवै टोलीलाई प्लेअफ पुग्ने सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण मानिएको छ ।

प्रकाशित : २०८२ मंसिर ९ गते ११:४२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI