कालीगण्डकी करिडोर सहित नवलपुरका पहाडी सडक रातको समयमा सन्चालन नहुने

NAWALPUR TIMES

कालीगण्डकी करिडोर सहित नवलपुरका पहाडी सडक रातको समयमा सन्चालन नहुने
kaligandaki coridor

कावासोती । कालीगण्डकी करिडोर सहित भित्री पहाडी सडकमा रातको समयमा यातायात सन्चालन जिल्ला प्रशासन कार्यालय नवलपुरले आग्रह गरेको छ ।

प्रशासनले शुक्रबार एक सूचना जारी गरी १७ गतेदेखि २० गतेसम्म मुलुकका विभिन्न भागसहित गण्डकी प्रदेशको नवलपुर जिल्लामा पनि भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन अपिल गर्दै सवारी साधनलाई संयम भएर सञ्चालन गर्न, क्षमताभन्दा बढी यात्रु नचढाउन आग्रह गर्दै भित्रि सडकहरु साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म बन्द गर्न निर्देशन दिएको छ । यो अवधिमा जिल्लाको गैँडाकोटको कालिगण्डकी करिडोरदेखि डेढगाउँसम्म र दलदले–धौवादी–बुलिङटार लगाएतका भित्रि सडक बन्द रहने छ ।

पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड र कालिगण्डकी करिडोरको तरंगे खोला आसपास तुरुन्त परिचालन हुने गरी डोजर, एक्जाभेटर तयारी अवस्थामा राख्न र पूर्व तयारीमा जुट्न पनि प्रशासनले सबैसित अपिल गरेको छ ।

भारी वर्षाका कारण उत्पन्न हुन सक्ने डुवान, बाढी, पहिरो, भुक्षय लगायतका विपद्जन्य जोखिम हुने, हवाई तथा सडक यातायात प्रभावित हुन सक्ने भन्दै सकर्कता अपनाउन र पूर्व तयारीमा ध्यान दिन भनेको हो ।

प्रशासनले यो अवधिमा अत्यन्त जरुरी काम नपरी घरदेखि टाढा र रातको समयमा यात्रा नगर्न, पहिरोको उच्च जोखिम रहेका स्थानहरु, नदी किनारमा नबस्न तथा तथा जोखिमपूर्ण स्थानका वासिन्दाले आपतकालिन सामग्री र झटपट झोला तयारी अवस्थामा राख्न भनेको छ ।

पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड र कालिगण्डकी करिडोरको तरंगे खोला आसपास तुरुन्त परिचालन हुने गरी डोजर, एक्जाभेटर तयारी अवस्थामा राख्न र पूर्व तयारीमा जुट्न पनि प्रशासनले सबैसित अपिल गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology