नेपालको अबको लक्ष्य टि-२० विश्वकप

NAWALPUR TIMES

नेपालको अबको लक्ष्य टि-२० विश्वकप

कावासोती । सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने टि२० विश्वकपका एसिया तथा पुर्वि एसिया प्यासेफिक क्षेत्रीय छनोट आगामी साताबाट ओमानमा आयोजना हुदैछ ।

यो प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी मैदानमा हुनेछ। यस प्रतियोगितामा एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट छनोट भएका ९ टोली सहभागी छन्। सहभागी टोलीहरू तीन–तीनको समूहमा विभाजित छन्।

समूह १ मा युएई, मलेसिया र कतार छन्। समूह २ मा नेपाल, कुवेत र जापान छन् भने समूह ३ मा आयोजक ओमान, पपुवा न्यूगिनी र सामोआ रहेका छन्।

नेपालले समूह चरणको पहिलो खेल अक्टोबर ८ मा कुवेतविरुद्ध खेल्नेछ। दोस्रो खेल भने अक्टोबर १० मा जापानविरुद्ध हुनेछ।

समूह चरणपछि प्रत्येक समूहका शीर्ष दुई टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्। सुपर सिक्स चरण अक्टोबर १२ देखि १७ सम्म हुनेछ।

सुपर सिक्सको शीर्ष तीनमा अटाउन सकेमा नेपाल लगातार दोस्रो पटक विश्वकपका लागि छनोट हुनेछ । सुपर सिक्समा हरेक टोलीले आफ्नो समूहको बाहेक अन्य चार राष्ट्रको सामना गर्नेछ । नेपालले आफ्नो समूहबाट सुपर सिक्समा पुगेको राष्ट्र बाहेक अन्य चार राष्ट्रसँग खेल्नेछ । सुपर सिक्सको खेलमा नेपाल शिर्ष तीनमा रहन सकेमा लगातार दोस्रो पटक विश्वकपमा स्थान बनाउने छ ।

छनौट प्रतियोगिता खेल्न नेपाली टोली युएईबाट ओमान प्रस्थान गरिसकेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology