साफ यू-१७ च्याम्पियनसिपमा नेपालले बंगलादेशसँग खेल्दै

NAWALPUR TIMES
प्रकाशित : २०८२ असोज २ गते ९:४६
साफ यू-१७ च्याम्पियनसिपमा नेपालले बंगलादेशसँग खेल्दै

कावासोती । श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप अन्तर्गत समूह ए मा आप्नो अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ ।

खेल कोलो्मबोस्थित कोलोम्बो हर्सकोर्समा नेपाली समय अनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ । तीन टोली मात्र सम्मिलित यस समूहमा नेपाल आफ्नो दोस्रो तथा अन्तिम खेल खेल्दैछ भने बंगलादेशको पहिलो खेल हुनेछ ।यसअघि पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई २-० ले पराजित गरिसकेको छ ।

आजको खेलमा नेपालले बराबरीको नतिजा निकालेपनि सेमिफाइनलमा स्थान पक्का गर्नेछ भने बंगलादेशलाई पराजित गर्न सके समूह विजेता नै बन्नेछ । यदी नेपाल पराजित भएमा भने सेमिफाइनल पुग्न बंगलादेश र श्रीलंकाबीच हुने अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ ।

पहिलो खेलमा श्रीलंकालाई पराजित गरेपनि नेपालको केही कमजोरी रहेकोले त्यसलाई सुधार गर्दै बंगलादेश विरुद्ध मैदान उत्रने नेपालका मुख्य प्रशिक्षक र कप्तानले बताएका छन् । ‘पहिलो हाफमा केही कमीकमजोरी रहेको थियो । त्यसलाई हामीले पत्ता लगाएका छौँ र अब बंगलादेश विरुद्धको खेलमा त्यो सुधार गर्नेछौँ ।’ प्रशिक्षक सिंहले भने । उनले बंगलादेश विरुद्ध जितकै लागि खेल्ने र समूह विजेता बनेमा सेमिफाइनलमा सहज हुने बताएका छन् । ‘हामी बंगलादेश विरुद्ध जित्नका लागि खेल्छौँ र समूह विजेता बनेमा सेमिफाइनलमा सहज हुन्छ ।’ सिंहले श्रीलंका भन्दा बंगलादेश केही बलियो रहेकोले बंगलादेश विरुद्ध बल पोजेसन राखेर खेल्ने र पाएको अवसरमा गोल गर्ने प्रयास गर्ने बताए ।

यस्तै कप्तान प्रशान्त मोक्तानले पनि पहिलो खेलको कमजोरीलाई सुधार गर्देै दोस्रो खेलमा मैदान उत्रने बताए ।

प्रकाशित : २०८२ असोज २ गते ९:४६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI