कावासोती । विभिन्न जिल्लाका कारागारबाट भागेका १८ कैदीबन्दी नवलपुरबाट पक्राउ परेका छन् ।
उनीहरुमध्ये १७ जनालाई सम्बन्धित जिल्लामा बुझाइसकिएको छ भने एक जना कैदी जिल्ला प्रहरी कार्यालयमा रहेका छन् ।
जिल्ला प्रहरी प्रमुख यादव ढकालका अनुसार नख्खु, केन्द्रीय कारागार, चितवन, नेपालगन्ज र भिमफेदी कारागार मकवानपुरबाट भगेर हिँडेका कैदीहरु नवलपरासीका विभिन्न स्थानबाट पक्राउ परेका हुन् । एक जना कैदी शनिबारसम्म जिल्ला प्रहरीको नियन्त्रणमा रहेका छन् ।

गत चार दिनयता विभिन्न कारागारबाट भागेका कैदीबन्दी यहाँ पक्राउ परिरहेका हुन् ।
 
											
											प्रकाशित :  २०८२ भदौ  २८ गते १८:२३
										
										
										
	
										
										  
							 
						
Facebook Comment