कावासोती । हुप्सेकोटमा जारी ३९ औं युनाइटेड गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि चोरमारा युवा क्लब र नवज्योति हसौरा मैदानमा उत्रिदै छ्न ।
प्रतियोगिताको फाईनल खेल हुप्सेकोट-३ मा रहेको सरस्वती साधरण तथा संस्कृत माविको खेल मैदान आज दिउसो २ बजेबाट सुरु हुने छ । फाईनल प्रवेशका लागि चोरमारा युवा क्लबले नेपाल प्रहरीको गण्डकी प्रदेश टिमलाई २-० गोल अन्तरले र नवज्योति युवा क्लब हसौराले युनाइटेड क्लब (ठकुरी ब्वाईज)लाई १-० ले पराजित गरेको थियो ।
भदौ ६ गते देखि सुरु भएको ३९ औं संस्करणको प्रतियोगिताको फाईनल खेल भदौ २१ गते शनिबार हुनेछ । प्रतियोगिताको विजेताले २ लाख ६० हजार रुपैयाँ प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले १ लाख ५१ हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ्न । त्यसै गरि सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २०/२० हजार रुपैयाँ हात पार्नेछन । प्रतियोगितामा उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्तालाई समेत नगद ८ हजार सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रकाशित : २०८२ भदौ २१ गते ९:३८
Facebook Comment