कावासोती । रुपन्देहीकोे योङ्ग ब्वाईज देवदह हुप्सेकोटमा जारी ३९ औं युनाईटेड गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।
सोमबार सरस्वती संस्कृत तथा साधारण माविको खेल मैदानमा सम्पन्न खेलमा वसन्तपुर युवा क्लबलाई २–० गोलले हराउदैँ योङ्ग ब्वाईज देवदह प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो ।
योङ्ग ब्वाईज देवदहका लागी खेलको ४० औं मिनेटमा तनिश गुरुङ्ग र ४६ औं मिनेटमा समुद्र गुरुङ्गले समान १/१ गोल गरेका थिए ।
भोलीको खेलमा दुम्किबास युवा क्लब र नव ज्योती क्लब हसौराले प्रतिस्पर्धा गर्ने छन ।
१६ टिमले सहभागीता जनाएको प्रतियोगिताको फाईनल खेल भदौ २१ गते हुनेछ ।
प्रकाशित : २०८२ भदौ ९ गते २०:३२
Facebook Comment