कावासोती । डिफेन्डिङ च्याम्पियन रामपुर रडसलाई ५-१ गोल अन्तरले पराजित गर्दै चोरमारा युवा क्लब ले युनाइटेड गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
हुप्सेकोटको सरस्वती माविको खेल मैदानमा सन्चालन भैरहेको प्रतियोगिताको ३९ औं संस्करणको दोस्रो खेलमा चोरमारा युवा क्लबले विजयी सुरुवात गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

प्रतियोगितामा आईतबार बसन्त आदर्श युवा क्लब बसन्तपुर र कालिका ११ चितवनले प्रतिस्पर्धा गर्ने छ्न ।
शनिबार देखि सुरु भएको प्रतियोगिताको विजेताले २ लाख ६० हजार रुपैयाँ प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले १ लाख ५१ हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
खेल संयोजक हरि थापाका अनुसार सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २० हजार रुपैयाँ हात पार्नेछन ।
प्रतियोगितामा उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्तालाई समेत नगद ८ हजार सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रकाशित : २०८२ भदौ ७ गते २०:३०
Facebook Comment