कावासोती । नवलपुरको हुप्सेकोटमा शुक्रबारबाट सुरु भएको ३९ औं युनाइटेड गोल्ड कप फुटबल प्रतियोगिताको उदघाटन खेलमा भैरव स्पोर्ट्स गोपिगञ्ज विजयी भएको छ ।
प्रतियोगिताको उदघाटन खेलमा देउराली एकीकृत बेलहानीलाई ७-० गोल अन्तरले पराजित गरेको हो ।प्रतियोगितामा भोलिको खेलमा रामपुर रडस र चोरमारा युवा कल्बले प्रतिस्पर्धा गर्ने छ्न ।

प्रतियोगिताको विजेताले २ लाख ६० हजार रुपैयाँ प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले १ लाख ५१ हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । खेल संयोजक हरि थापाका अनुसार सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २० हजार रुपैयाँ हात पार्नेछन । प्रतियोगितामा उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्तालाई समेत नगद ८ हजार सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सरस्वती मा.बि. को खेल मैदानमा हुप्सेकोट गाउँपालिका कि अध्यक्ष लक्ष्मीदेवी पाण्डेले उदघाटन गरेकी हुन ।

उदघाटन सत्रमा बोल्दै अध्यक्ष पाण्डेले युनाईटेड युवा क्लबले खेलकुदको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेकी थिईन ।
खेलकुद क्षेत्रको चौतर्फी विकास र खेलाडीहरुको खेल कौशल विकासमा गाउँपालिकाले निरन्तर काम गरिरहेने अध्यक्ष पाण्डेको भनाई थियो ।
प्रकाशित : २०८२ भदौ ६ गते १९:३९
Facebook Comment