नवलपुरका सुनारी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइसको मनोनयनमा

NAWALPUR TIMES

नवलपुरका सुनारी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइसको मनोनयनमा

कावासोती । नवलपुरका भलिबल खेलाडी हिमाल सुनारी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइसको मनोनयन परेका छ्न ।

गत आईतबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइसको मनोनयन सार्वजनिक गरेको हो । मनोनयन सार्वजनिक भए सँगै नवलपुरबाट प्रतिनिधित्व गर्दै भलिबल खेल्दै आएका सुनारीलाई भोट गरेर विजयी बनाउन जिल्ला भलिबल संघ नवलपुरले आग्रह गरेको छ ।

यस अवार्डको विजेता आईएमई खल्तीमार्फत हुने भोटिङ (५०%), सामाजिक सञ्जाल (२५%), राष्ट्रिय खेल प्रशिक्षक (१२.५%) र खेल पत्रकारको मत (१२.५%) को आधारमा चयन गरिनेछ।

नवलपुरको बौदिकाली-४ घर भएका सुनारी नवौं एनभिएल लिगमा उपविजेता टोलीका महत्वपूर्ण सदस्य, पाँचौं टाइगर कप भलिबल च्याम्पियनसिपका उपविजेता टोलीका सदस्य, तेस्रो टाइगर कप भलिबलमा च्याम्पियन गण्डकी प्रदेश टोलीका महत्वपूर्ण खेलाडी, प्रतियोगिताका बेस्ट सर्भर, नेपालको राष्ट्रिय खेल भलिबलका समर्थकमाझ लोकप्रिय खेलाडी, सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका खेलाडी हुन ।

1755759136463

सुनारीलाई भोट गर्नका लागि खल्ती एप डाउनलोड गरेर उनको कोड १०० मा भोट गर्न सकिने छ । त्यसै गरि सामाजिक सन्जाल फेसबुक मार्फत भोट गर्नका लागि एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको आधिकारिक फेसबुक पेजमा गएर सुनारीको तस्बिरमा लाईक तथा शेयर गर्नु पर्ने छ ।

सुनारी सँगै यो अवार्डका लागि उसुका विजय सिन्जाली, टेबलटेनिसकी इभाना थापा, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल मनोनयनमा परेका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology