साफ-यू-१७ महिलाः नेपालले पहिलो खेल आज भारतसँग खेल्दै

NAWALPUR TIMES

साफ-यू-१७ महिलाः नेपालले पहिलो खेल आज भारतसँग खेल्दै

कावासोती । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१७ महिला च्याम्पियनसिप आजदेखि भुटानको थिम्पुमा सुरु हुँदैछ। नेपालले पहिलो खेल भारतसँग खेल्न लागेको छ। खेल स्थानीय समय अनुसार दिउँसो ३ बजे सुरु हुने छ।

प्रतियोगिताअघि मंगलबार आयोजित पत्रकार सम्मेलानमा नेपालका प्रशिक्षक चेतनारायण श्रेष्ठले टोली प्रतियोगिताका लागि तयार रहेको बताएका छन्। ‘अघिल्लो संस्करण खेलेका खेलाडीको बाहुल्य छ। हामीले पोजिसन अनुसार खेलाडीको प्रदर्शनलाई निखारेका छौं। साफ च्याम्पियनसिपको मुख्य उद्धेश्य भनेको खेलाडी विकास पनि हो। यस्ता खालका प्रतियोगिताबाट खेलाडीले सिक्ने मौका पाइरहेका हुन्छन्, एक्सपोजर पाइरहेका हुन्छन्,’ प्रशिक्षक श्रेष्ठले भने,‘ हामीले राम्रो तयारी गरेका छौं । हाम्रो लक्ष्य भनेको उपाधि जित्नु नै हो। हामीले टेकनिकल र ट्याक्टिकल पक्षमा काम गरेका छौं । प्रतियोगिताका लागि हामी तयार छौं।’

प्रशिक्षक श्रेष्ठले भारत बलियो टोली भए पनि नेपाल जित निकाल्न सक्षम रहेको बताए। यसैगरी नेपालकी कप्तान भूमिका बृढाथोकी सन्तुलित टिम भएकाले जित्नकै लागि मैदान उत्रिने बताउँछिन्।

‘ड्रेसिङ रुमको माहोल राम्रो छ। टोलीका सबैमा जितको भावना छ। सबै आ–आफ्नो ठाउँमा राम्रो छन् । सन्तुलित टोली भएकाले हामी जित्ने मानसिकताका साथै मैदान उत्रिने छौं।’ कप्तान बुढाथोकीले भनिन्। १५ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भुटान सहभागी छन्।

डबल राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले दुई–दुई खेल खेल्नेछन् भने शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ। नेपालले आफ्नो दोस्रो खेलमा भदौ ६ गते भुटान र ८ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो राउण्डमा बंगलादेशसँग साउन ११ र भारतविरूद्ध १३ गते प्रतिस्पर्धा गर्नेछ। नेपालले आफ्नो अन्तिम खेलमा १५ गते घरेलु टोली भुटानको सानमा गर्नेछ।

नेपालले सन् २०२२ मा यो प्रतियोगिता जितेको थियो। त्यतिखेर यो प्रतियोगिता अन्डर फिप्टिन उमेर समूहमा खेलिएको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology