ब्रा’भित्र कण्डममा भरिएको कोकिन, ब्राजिलियन युवती पक्राउ

NAWALPUR TIMES

ब्रा’भित्र कण्डममा भरिएको कोकिन, ब्राजिलियन युवती पक्राउ

कावासोती । भित्रि वस्त्र ‘ब्रा’भित्र कोकिन लुकाएर ल्याउने एक ब्राजिलियन महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन्। नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको टोलीले बुधबार विमानस्थलबाट ब्राजिलियन महिला २१ वर्षीया एमिली मिकाएली सान्तोश फरेइरालाई पक्राउ गरेको हो।

उनी ब्राजिलबाट दोहा हुँदै नेपाल आएर नेपालबाट भुटान जान लागेको  प्रहरीले जनाएको छ। उनले तरल अवस्थामा रहेको एक किलो ९५० ग्राम कोकिन कण्डममा प्याक गरेर कालो रङको ब्राभित्र लुकाएर ल्याएको प्रहरीले भेट्टाएको छ।

ती युवतीउपर लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप भएर अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology