बर्दघाटमा यात्रुवाहक बस पल्टिँदा १ जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८२ साउन १७ गते १४:२४
बर्दघाटमा यात्रुवाहक बस पल्टिँदा १ जनाको मृत्यु

कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको बर्दघाटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना यात्रु घाइते भएका छन् ।

बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको बस बर्दघाट नगरपालिका–५ शान्तिनगर चोकमा पल्टिएको थियो । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तका अनुसार मृतक पुरुष रहेको अहिलेसम्म पहिचान खुलेको छैन ।

दुर्घटनामा घाइते भएका १२ जनालाई उपचारका लागि रुपन्देही पठाइएको छ भने सामान्य घाइतेहरूको चिसापानी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : २०८२ साउन १७ गते १४:२४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI