साफ यू-२० महिला च्याम्पियनसिप: आज भुटानसँग दोस्रोपटक भिड्दै नेपाल

NAWALPUR TIMES
प्रकाशित : २०८२ साउन ४ गते ८:३३
साफ यू-२० महिला च्याम्पियनसिप: आज भुटानसँग दोस्रोपटक भिड्दै नेपाल

कावासोती । बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा नेपाल आज शनिबार भुटानसँग भिड्दै छ। खेल बंगलादेशको ढाकास्थित किङ्स एरेनामा नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।

जारी प्रतियोगितामा नेपाल भुटानसँग दोस्रोपटक प्रतिस्पर्धा गर्न लागेको हो। पहिलो खेलमा नेपालले भुटानलाई ६-१ गोलले हराएको थियो। प्रतियोगितमा नेपालसहित आयोजक बंगलादेश, भुटान र श्रीलंका सहभागी छन्।

खेल डलब राउन्ड रोबिनका आधारमा भइरहेको छ। ‍नेपालले श्रीलंकालाई दुवै खेलमा ७-० गोलले हराएको थियो। आयोजक राष्ट्र बंगलादेशसँग पहिलो खेलमा भने नेपाल ३-२ गोलले हारेको थियो।

नेपाल फेरि सोमबार बंगलादेशसँग भिड्नेछ। नेपालले ४ खेलबाट ९ अंक बनाएको छ। घरेलु टोली बंगलादेशले ३ खेलबाट ९ अंक बटुलेको छ। सबै खेल सकिएपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।

प्रकाशित : २०८२ साउन ४ गते ८:३३
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI