प्राकृतिक विपद्‌का कारण ३ महिनामा ९३ जनाले गुमाए ज्यान

NAWALPUR TIMES

प्राकृतिक विपद्‌का कारण ३ महिनामा ९३ जनाले गुमाए ज्यान
1600920908.pahiro syanja 1

कावासोती । बितेको तीन महिनामा विपद्का घटनामा परी देशभर ९३ जनाले ज्यान गुमाएका छन्। यो वर्षको वैशाख १ देखि असार ३१ गतेसम्मको अवधिमा उनीहरूको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

यो अवधिमा रेकर्ड गरिएका दुई हजार १७७ विपद्का घटनामा परी ९३ जनाको मृत्यु भएको हो। ती घटनामा परी २२ जना बेपत्ता छन्।

प्राधिकरणका अनुसार, चट्याङ लागेर २६, आगलागीमा परी १४, बाढीका घटनामा १३, जनावरको आक्रणमबाट १२, लेक लागेर ११, हावाहुरीका कारण आठ, पहिरो खस्दा ६, सर्पदंशबाट दुई र भारी वर्षाका कारण एकजनाको मृत्यु भएको छ। बेपत्ता भएका सबै २२ जना नै बाढीमा परेका प्राधिकरणले जनाएको छ।

बितेको तीन महिनामा विपद्का घटनामा परी ४४५ जना घाइते भएका प्राधिकरणको तथ्यांक छ। विपद्का घटनाबाट यो अवधिमा चार हजार १३४ परिवार प्रभावित भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology