एसियन कप छनोट : नेपाल र श्रीलंका भिडदै

NAWALPUR TIMES

एसियन कप छनोट : नेपाल र श्रीलंका भिडदै

कावासोती । एएफसी एसियन कप छनोट अन्तर्गत समूह चरणको दोस्रो खेलमा आज नेपाली राष्ट्रिय महिला फुटबल टोलीले श्रीलंका विरुद्ध खेल्दैछ।

उज्वेकिस्तानमा हुने खेल बुधबार साँझ सवा ६ बजे सुरु हुनेछ।

पहिलो खेलमा लाओसमाथि ९–० को फराकिलो जित निकालेको नेपाल लगातार दोस्रो जित निकाल्दै एसियन कप पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ।

उता पहिलो खेलमा घरेलु टोली उज्वेकिस्तानसँग १०–० को फराकिलो हार व्यहोरेको श्रीलंका पहिलो जितको खोजीमा हुनेछ।

नेपाल र श्रीलंकाबीच अहिलेसम्म ८ खेलमा भेट भएको छ। ती सबै भेटमा नेपालले जित हात पारेको छ।

नेपाली टोली आजको खेलमा पनि सोही लयलाई निरन्तरता दिन चाहन्छ।

नेपाल समूह एफ को विजेता बने सन् २०२६ को मार्चमा अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा खेल्ने अवसर पाउनेछ।

यसपटकको छनोटमा एसियाका ३४ टोली सहभागी छन्। जसलाई ८ समूहमा विभाजन गरिएको छ।

अहिलेसम्म आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापानले च्याम्पियनसिपका लागि स्थान सुरक्षित गरिसकेका छन्। कुल १२ टोली एसियन कपको मुख्य प्रतियोगितामा सहभागी हुनेछन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology