नारायणघाट बुटवल सडक पुर्ण रुपमा अवरुद्ध

NAWALPUR TIMES
प्रकाशित : २०८२ असार १५ गते १०:४६
नारायणघाट बुटवल सडक पुर्ण रुपमा अवरुद्ध

कावासोती । दुम्किबासमा रहेको विनयी खोलामा आएको बाढिले विनयी खोलामा बनाईएको डाईभर्सन बगाएको छ भने यात्रुवाहक बसहरुको लागि प्रयोग गरिएको वैकल्पिक भित्रि सडक मार्ग (होङ्सी गेट, सर्दी हुदै ज्यामिरे राजमार्गमा) मा पर्ने खरङ्गे खोलामा पानीको बहाव बढन जादा पुर्व पश्चिम राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ ।

विनयी खोलाको पुल भाचिए पछि हेभि सवारी साधनहरु विनयी खोलामा बनाईएको डाईभर्सनबाट र यात्रुवाहक बसहरु वैकल्पिक भित्रि सडक मार्ग (होङ्सी गेट, सर्दी हुदै ज्यामिरे राजमार्गमा) हुँदै सन्चालनमा आउने गरेका थिए ।

Messenger creation CC513BFF ACEB 42D6 A470 863E39F73517

आईतबार बिहान विनयी खोलामा आएको बाढिले डाईभर्सन बगाएको र वैकल्पिक मार्गमा पर्ने खरङ्गे खोलामा पानीको बहाव बढे पछि सडक पुर्ण रुपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८२ असार १५ गते १०:४६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI