लाओसविरुद्ध खेल्दै नेपाल

NAWALPUR TIMES

लाओसविरुद्ध खेल्दै नेपाल

प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ । नेपाल यसअघि पहिलो खेलमा मलेसियासँग २–० ले पराजित भएको थियो । लाओस पनि पहिलो जितको खोजीमा छ । लाओसले पहिलो खेलमा भियतनामसँग ५–० को हार व्यहोरेको थियो ।

नेपालले यसअघि छनोटको तयारीका निम्ति हङकङसँग एक मैत्रीपूर्ण फुटबल खेलेको थियो । उक्त खेलमा नेपालले हङकङलाई उसैको मैदानमा गोलरहित बराबरीमा रोकेको थियो ।

लाओसको न्यु लाओस राष्ट्रिय रंगशालामा यो खेल नेपाली समयानुसार बेलुका ५ः४५ बजे सुरु हुनेछ ।

छनोटमा नेपाल समूह ‘एफ’मा छ । यो समूहमा नेपालसँगै भियतनाम, मलेसिया र लाओस छन् ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology