हात्तिबाङमा जेसीजको निशुल्क स्वास्थ्य शिविर सम्पन्न

NAWALPUR TIMES

हात्तिबाङमा जेसीजको निशुल्क स्वास्थ्य शिविर सम्पन्न

चितवन । बिसहजार जेसीजको आयोजनामा इच्छाकामना गाउँपालिका–१ हात्तिवाङमा निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। “Youth for Change” अभियान अन्तर्गत सञ्चालित उक्त कार्यक्रममा स्थानीय बासिन्दाले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले भने, “समाज परिवर्तनको शुरुवात सेवा प्रवाहबाट हुन्छ। बिसहजार जेसीजले जनताको घरदैलोमै स्वास्थ्य सेवा पुर्याएर जेसीजको धर्म निभाएको छ।” बिसहजार जेसीजका पूर्व अध्यक्ष रमेश बस्ताकोटीले भने, “जेसीज केवल औपचारिक कार्यक्रमहरूमा सीमित हुन हुँदैन। यस्ता प्रत्यक्ष जनसेवामूलक कार्यहरू नै संस्थाको पहिचान बनाउने आधार हुन्।”

Untitled

पूर्व राष्ट्रिय उपाध्यक्ष जनकराज घिमिरेले स्वास्थ्यजस्तो संवेदनशील विषयमा बिसहजार जेसीजको सक्रियता सराहनीय भएको बताए। उनका अनुसार, “गाउँमै यस्ता सेवा पुर्याउनु सामाजिक रूपान्तरणको आधार हो।” कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल अफिसर डा. हरि सेढाईंले दर्जनौं स्थानीयको स्वास्थ्य परीक्षण तथा परामर्श सेवा दिएका थिए।

कार्यक्रममा इच्छाकामना–१ का वडाध्यक्ष सन्तबहादुर मगरले भने, “यस्ता स्वास्थ्य शिविरले ग्रामीण भेगका जनतालाई प्रत्यक्ष लाभ पुर्याउने भएकाले यस्ता कार्यक्रम निरन्तर आवश्यक छन्। बिसहजार जेसीजको यो पहल स्वागतयोग्य छ।” हात्तिवाङ स्वास्थ्यचौकीकी इन्चार्ज अमृता यादवले भनिन्, “जेसीजले हिजो पनि यस्तै सेवामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ र आज पनि निरन्तरता दिएकोमा हामी आभारी छौं।”

पूर्व अध्यक्ष प्रदीप अधिकारी, सुबाहु पण्डितलगायतको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा सहभागीहरूले यस्ता कार्यक्रम पुनः सञ्चालन हुनुपर्ने अभिव्यक्ति दिएका थिए। कार्यक्रम बिसहजार जेसीजका वर्ष २०२५ का अध्यक्ष दिवाकर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। जीवन क्षेत्रीले संयोजन गरेको कार्यक्रममा सुरेन्द्र बास्तोलाले सहजीकरण गरेका थिए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology