विभिन्न मागसहित प्रेस सेन्टर नेपाल नवलपुरद्वारा संचारमन्त्रीलाई ज्ञापनपत्र

NAWALPUR TIMES

विभिन्न मागसहित प्रेस सेन्टर नेपाल नवलपुरद्वारा संचारमन्त्रीलाई ज्ञापनपत्र

कावासोती । प्रेस सेन्टर नेपाल नवलपुर शाखाले पत्रकारहरूको हकहित, पेशागत सुरक्षा तथा सञ्चारमाध्यमको सुदृढीकरणका लागि विविध मागहरू अघि सार्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङलाई १०बुदे ज्ञापनपत्र बुझाएको छ। प्रमुख जिल्ला अधिकारी भवेश्वर पाण्डेमार्फत ज्ञापनपत्र पठाइएको हो।

शाखा सचिव राजु सुवेदी ‘कल्पीत’ का अनुसार ज्ञापनपत्रमा सञ्चारकर्मीहरूको पेशागत सुरक्षाको प्रत्याभूति, सञ्चारमाध्यमहरूलाई राज्यले दिनुपर्ने सहुलियत सुविधा सुनिश्चित गर्नुपर्ने, सरकारी तथा संस्थागत विज्ञापन वितरणमा पारदर्शिता अपनाइनुपर्ने र स्थानीय सञ्चारकर्मीहरूको हकहित सुनिश्चित गर्नुपर्ने  मागहरू प्रमुख रूपमा समेटिएको छ।

“स्थानीय तहदेखि केन्द्रसम्म सञ्चारकर्मीको हकहित र सम्मान कायम राख्न राज्य गम्भीर हुनुपर्छ,” सचिव सुवेदीले भने, “पछिल्लो समय सञ्चारकर्मीहरू असुरक्षित बन्दै गएका छन्। राज्यले नीतिगत तथा व्यवहारिक रूपमा संरक्षण गर्नुपर्छ।”

ज्ञापनपत्र बुझाउने क्रममा सचिव सुवेदीसहित शाखाका पदाधिकारीहरू, कार्यसमिति सदस्यहरू तथा नवलपुरका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको उपस्थिति रहेको थियो।

ज्ञापन पत्रमा सञ्चार क्षेत्रका विभिन्न चुनौती, सरकारी निकायसँगको समन्वय अभाव तथा श्रमको न्यायोचित मूल्यांकन नहुँदा पत्रकारहरू पीडित बन्नु परेकोप्रति पनि ध्यानाकर्षण गराइएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology