कावासोती । सरकारले धौवादी फलाम उद्योगलाई निजी साझेदारी मोडलमा सञ्चालन गर्ने घोषणा गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका छन् ।
‘धौवादी फलाम कम्पनीलाई सार्वजनिक निजी साझेदारीमा मोडलमा सञ्चालन गरिने छ,’ उनले भने,‘व्यवसायी रुग्ण अवस्थाका उद्योगको अध्ययन गरी पुनस्थापना गर्नका साथै सञ्चालन गरिनेछ । औद्योगिक क्षेत्र विशेष आर्थिक क्षेत्र तथा पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिइने छ ।’
साथै विशेष आर्थिक क्षेत्रहरुपनि निजी साझेदारीमा सञ्चालन गरिने बताए ।
प्रकाशित : २०८२ वैशाख १९ गते १६:००
Facebook Comment