कावासोती । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका बेलासपुरमा दुई समूहबीच झडप भएको छ । स्थानीय एक जोडीको प्रेम विवाहको विषयलाई लिएर बेलासपुर र प्रसौनीका केही व्यक्तिबीच झडप भएको प्रहरीले जनाएको छ ।
केटा पक्षकाले केटी पक्षका घरमा आएर आगजानीको प्रयास गरेपछि झडप भएको स्थानीयले प्रहरीले बताएको छ । झडप नियन्त्रणका लागि प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो । प्रदर्शनकारीले प्रहरीको एउटा गाडीमा पनि आगजनी गरेका छन् ।
झडपमा केही व्यक्ति घाइते भएको र स्थिति नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले बताए । अहिले बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रकाशित : २०८१ फागुन १३ गते १४:०५
Facebook Comment