फागुन १२ देखि ५औं देवचुली महोत्सव, व्यापार, पर्यटन र संस्कृतिको प्रवर्द्धनमा टेवा पुग्ने

NAWALPUR TIMES

फागुन १२ देखि ५औं देवचुली महोत्सव, व्यापार, पर्यटन र संस्कृतिको प्रवर्द्धनमा टेवा पुग्ने
Press meet

कावासोती । उद्योग वाणिज्य संघ देवचुलीको आयोजनामा ५औं देवचुली महोत्सव फागुन १२ गतेदेखि २५ गतेसम्म देवचुलीकाे दलदलेमा सञ्चालन हुने भएको छ। स्थानीय उत्पादन, व्यापारिक गतिविधि, पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण तथा मनोरञ्जनलाई प्राथमिकतामा राखी महोत्सव आयोजना गर्न लागिएको देवचुली उद्योग वाणिज्यले जनाएको छ।

आज दलदलेस्थित उद्योग वाणिज्य संघको परिसरमा आयोजित पत्रकार सम्मेलनमा संघका  संथापक अध्यक्ष धर्मदत्त  बस्यालले महोत्सवका बारे जानकारी गराउँदै स्थानीय उत्पादन तथा सेवाहरू प्रवर्द्धन गर्ने, व्यवसायीलाई व्यवसाय विस्तारका लागि अवसर प्रदान गर्ने र आन्तरिक तथा बाह्य पर्यटकलाई देवचुली क्षेत्रको विशेषता बुझाउने मुख्य लक्ष्य रहेको  बताए।

देवचुली उद्योग वाणिज्य अध्यक्ष सुर्य प्रसाद  दवाडीका अनुशार ब्यापारिक ,कृर्षी पर्यटन,शिक्षा ,स्वास्थ गरि १५० वटा स्टल रहने छन ।  महोत्सवमा स्थानीय उत्पादन प्रदर्शनी, व्यापारिक स्टल, कृषि मेला, बालउद्यान, खेलकुद प्रतियोगिता, बिबिध सांस्कृतिक कार्यक्रम लगायतका विशेष आकर्षण रहनेछन्।   महोत्सवबाट करिब १५ करोड रुपैयाँ बराबरको व्यापारिक कारोबार हुने र १ लाख ५० हजार दर्शकले मेलामा प्रत्यक्ष अवलाेकन गर्नै अनुमान उधाेग बाणिज्य संघकाे छ ।

महाेत्सबमा बालमैत्री सामग्री प्रदर्शन , संग्राहलय प्रदर्शनी ,बिज्ञान कला र प्रदर्शनी ,जातिय पहिचान, झल्कने घर सामग्री प्रदर्शनी ,हस्तकला प्रदर्शनी ,लगाएतका आकर्षणहरू रहने देबचुली उधाेग बाणिज्य संघका निबर्तमान अध्यक्ष रेशम सापकाेटाले बताए  महोत्सवलाई सफल बनाउन स्थानीय सरकार, विभिन्न संघसंस्था, व्यवसायी तथा स्थानीय समुदायसँग सहकार्य भइरहेको पुर्ब बरिस्ठ उपाध्यक्ष सत्यनारायण भुसालले बताए । यस महोत्सवले व्यापार, पर्यटन र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास लिएकाे उधाेग बाणिज्य संघ देबचुलीका महासचिब बिनाेद सिलवालले  बताए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology