मध्यविन्दु नगर अस्पताललाई १ करोड २० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण 

NAWALPUR TIMES

मध्यविन्दु नगर अस्पताललाई १ करोड २० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण 
FB IMG 1738331802037

कावासोती । लायन्स क्लब इन्टरनेशनल फाउन्डेसनले पूर्वी नवलपरासीको मध्यबिन्दु नगर अस्पतालमा प्रसूति उपचारका लागि आवश्यक  स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ ।

मध्यविन्दु नगरपालिकाको ३० लाख लागत साझेदारिमा एक करोड २० लाख बराबरको उपकरण हस्तान्तरण गरिएको हो ।

नगर अस्पताललाई अत्यावश्यक बेड, भिडियो एक्स-रे मेसिन, नवजात शिशुका लागि आवश्यक उपकरणलगायतका समाग्री हस्तान्तरण गरिएको लायन्स क्लब इन्टरनेशनल फाउन्डेसनका एरिया लिडर लायन्स राजन लम्सालले बताए ।

नगर अस्पताललाई सुविधासम्पन्न बनाउन प्राप्त भएको उपकरण महत्त्वपूर्ण हुने नगर प्रमुख भिमलाल अधिकारीले बताए ।

स्वास्थ उपकरण उपलब्ध भएपछि नगरमा प्रसूति सेवा र नगर अस्पतालको उपचार सेवामा सहयोग पुग्ने आशा लिइएको छ । मध्यबिन्दु नगर अस्पतालले चौबीसै घन्टा उपचार सेवा प्रदान गर्दै आएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology