यू-१९ एसिया कपका लागि नेपालको अन्तिम टोली घोषणा

NAWALPUR TIMES
प्रकाशित : २०८१ मंसिर ९ गते ९:१६
यू-१९ एसिया कपका लागि नेपालको अन्तिम टोली घोषणा
nepal u19 cricket team

कावासोती । युएईमा यही नोभेम्बर २९ देखि सुरु हुने एसीसी यू-१९ पुरुष एसिया कप क्रिकेटका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ ।

एसीसीले शनिवार हेमन्त धामीको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली अन्तिम टोलीको नाम सार्वजनिक गरेको हो । यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले १८ जनाको नाम सार्वजनिक गरेको थियो ।

कर्नाटक यू१९ टिम विरुद्ध पाँच खेलको सिरिजपछि नेपालको अन्तिम टोली घोषणा भएको हो । १८ जनामा रहेका मध्ये राजेश यादव, दयानन्द मण्डल र दिलसाद अली भने अन्तिम टिममा परेनन् ।

अन्तिम टोलीमा समावेश भएका १५ मध्ये ७ खेलाडी नोभेम्बर ३० देखि सुरु हुने नपाल प्रिमियर लिग (एनपीएल) का लागि पनि विभिन्न टिममा छनोट भएका छन् ।

ती खेलाडीले एनपीएलको सुरुवाती केही खेल गुमाउनेछन् । क्यान प्रवक्ता छुम्बी लामाले फ्रेन्चाइज टिमहरुसँग सल्लाह गरेर यू-१९ एसिया कपपछि टिममा फर्कने सहमति सहित उनीहरुलाई टिममा राखिएको हो ।

प्रकाशित : २०८१ मंसिर ९ गते ९:१६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI