यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा

NAWALPUR TIMES

यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा
466085006 993143302842050 6108277485557128559 n

कावासोती । नेपालले एसीसी यू–१९ एसियाकपका लागि टोली घोषणा गरेको छ। अर्को महिना आयोजना हुने प्रतियोगिताका लागि हेमन्त धामीको कप्तानीमा राष्ट्रिय टिमको घोषणा गरिएको हो।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो। टोलीको उपकप्तानको जिम्मेवारी अर्जुन कुमाललाई दिइएको छ।

नेपाली टिमको प्रशिक्षकको जिम्मेवारी शक्ति गौचनले सम्हाल्दा धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षकका रुपमा टिमको जिम्मेवारी दिइएको छ।

एसिया कपको पहिलो खेलमा श्रीलंकासॅंग खेल्ने छ। एसिसीले शुक्रबार जारी गरेको प्रतियोगिताको खेल तालिकाअनुसार १४ देखि २३ मंसिरसम्म सञ्चालन हुनेछ। दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशको सामना गर्ने नेपालले समूहको अन्तिम खेलमा मंसिर १८ मा अफगानिस्तानको सामना गर्नेछ।

एसिसीको आयोजनामा हुने प्रतियोगितामा एसियाका आठ देशले सहभागीता जनाउँदै छन्। प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्रसहित नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसीसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए। गत अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो।

प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरेर खेल खेलाइँदै छ। समूह ‘बी’मा नेपालसहित श्रीलंका, बंगलादेश र अफगानिस्तान रहँदा समूह ‘ए’मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन्। हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन्। फाइनल मंसिर २३ मा हुनेछ।

नेपाली टिम

हेमन्त धामी (कप्तान), अर्जुन कुमाल (उपकप्तान), आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिलसाद अली र रन्जित कुमार।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology